Skip to main content

एसएलसी परीक्षा मर्यादित बनाउन सबै उपाय अपनाइने


२९ फागुन, काठमाडौं । शिक्षामन्त्री दीनानाथ शर्माले आगामी चैत १ गतेदेखि सञ्चालन हुने प्रवेशिका (एसएलसी) परीक्षालाई मर्यादित, शान्त र अनुशासित बनाउन सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को आयोजनामा भएको अन्तक्रिर्यामा मन्त्री शर्माले साढे पाँच लाखभन्दा बढी विद्यार्थीको भविष्य सुनिश्चित गर्ने सन्दर्भमा कसैले पनि अन्यथा सोच्छ र गर्छ भने त्यो राम्रो हुँदैन र त्यसलाई विद्यार्थी अभिभावक र शिक्षक सबै मिलेर खबरदारी गर्ने बताउनु भयो । उहाँले परीक्षालाई मर्यादित र अनुशासित बनाउन अपनाउनुपर्ने सबै प्रकारका उपाय सरकारले अपनाउने दृढता व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८’ घोषणा भइसकेको बताउँदै त्यसविपरीत जाने विद्यार्थी, परीक्षामा संलग्नहरुलगायत जोकोहीलाई पनि कारबाही गरिने चेतावनी दिनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले परीक्षालाई मर्यादित बनाउन १४ अञ्चलमा १४ सहसचिवलाई जिम्मा दिइएको जानकारी दिनुभयो भने परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक खगराज बरालले परीक्षालाई व्यवस्थित र मर्यादित गराउन मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष एसएलसी परीक्षामा सम्मिलित हुनेमा पाँच लाख ४७ हजार १६५ मा नियमिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ रहनेछन् ।
परीक्षार्थीका लागि एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएको तथा एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० निरीक्षक, सात हजार २९७ सहयोगी र १७ हजार ८६० सुरक्षाकर्मी परिचालन हुने छन् । नेपालमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन भएको ७८ वर्ष पूरा भइसकेको जनाइएको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...