काठमाडौं, २ चैत/
हिजोबाट जारी एसएलसी परीक्षामा आचारसंहिता विपरित कार्य गरेको पाईएपछि पाँचथरको रानीटार उच्च मावि परीक्षा केन्द्रबाट दुई जना निरिक्षक निस्कासित भएका छन् । आज सञ्चालित नेपाली बिषयको परिक्षाको निरिक्षणका क्रममा रानिटार पगेको जिल्ला परिक्षा समन्वय समितिको टोलीले उनीहरूलाई निश्कासित गरेको हो । यसरी कार्वाहिमा पर्नेहरूमा रानीटार ९ स्थित महादेव निमाविका गंगा राई र रामविलास महरा हरेका छन । परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा सहतिको टोली त्यहाँ पुग्दा निरिक्ष्ँक दोयले आचारण विपरित कार्य गरेको पाईए पछि निष्कासनमा परेको केन्द्राध्यक्ष भतmबहादुर राईले बताउनु भएको छ । परीक्षा अनुगमन त्यहा पुगेको टोलीले निश्कासनमा परेका दुबैलाई परीक्षा अबधिभर कुनै किसिमको जिम्मेवारी नदिन कडा निर्देशन दिएको स्रोतले जनाएको छ । यता पाँचथर हाङगुम २ की ५८ बर्षिया लालकुमारी शेर्मा परिक्षामा सामेल भएकी छन । इन्द्रेणी उच्च माविबाट परीक्षाको लागि फाराम भरेर आरुबोटे परीक्षा केन्द्रमा परीक्षा शेर्माले परिक्षा दिईरहेकी सोही परीक्षा केन्द्रका केन्द्राध्यक्ष पुन्यप्रसाद तिम्सिनाले जानकारी गराएका छन् ।