Skip to main content

शिक्षकका लागि आएको पोसाकभत्ताको रकम अनियमितता

महोत्तरी, १७ चैत
जिल्ला शिक्षा कार्यालय महोत्तरीले दुई वर्षदेखि शिक्षकका लागि आएको पोसाकभत्ताको एक करोड ६४ लाख ७० हजार रकम अनियमितता गरेको खुलेको छ ।
जिल्लाका एक हजार ९८ स्थायी शिक्षकले विगत दुई वर्षको पोसाकभत्ता नपाएको गुनासो गरेपछि अनियमितता ....................
भएको खुलेको हो । महोत्तरीमा १४ सय ८६ स्थायी शिक्षक कार्यरत छन् । तत्कालीन जिल्ल्ाा शिक्षा अधिकारी निर्मल घिमिरे र लेखापाल लक्ष्मण रायको मिलेमतोमा अनियमितता भएको उनीहरूको
आरोप छ ।
आव ०६७/०६८ मा पोसाकभत्ताका लािग आएको ८२ लाख ३५ हजार र ०६८/०६९ को लागि विनियोजन भएको त्यति नै गरी एक करोड ६४ लाख ७० हजार अनियमितता भएको हो ।
तत्कालीन जिशिअ घिमिरेले कपडाको फर्जी बिल बनाई रकम अनियमितता गरेको शिक्षक सुरेन्द्र पाण्डेको दाबी छ । उनले भने, 'पोसाकभत्ताको रकम त जिशिअ घिमिरेले कपडाको बिल बनाएर खाए, अधिकांश शिक्षकलाई सोध्नुहोस् कसैले पनि रकम पाएका छैनन् ।'
सरकारले वाषिर्क रूपमा प्रतिशिक्षक सात हजार पाँच सय पोसाकभत्ता छुट्याउने गर्दछ । अर्का शिक्षक लक्ष्मीनारायण यादवले शिक्षाका कर्मचारीको मिलेमतोमा नै जिशिअले पोसाकभत्ताको रकम अनियमितता गरेको बताए । उनले पोसाकभत्ता तत्काल वितरण नगरिए आन्दोलन गर्ने चेतावनी दिए । जिल्लाका शिक्षक संगठन, युनियन र प|mन्टले पोसाकभत्ताबारे छानबिन गर्नुपर्ने माग गर्दै शिक्षा कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
यता जिल्ल्ाा शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत ध्रुव कोइरालाले प्राविधिक त्रुटिका कारण गत आवको भत्ता वितरण गर्न नसकेको बताए । उनले सो जानकारी गराउन मन्त्रालयमा पत्राचार गरिएको बताए । तर, रकम अनियमितता भने नभएको उनको दाबी छ । तर, कस्तो प्राविधिक कारण हो भन्ने उनले खुलाएनन् ।
जिल्ला शिक्षा अधिकारी कृष्ण पोखरेलले विगतका वर्षमा रकम अपुग भएकाले पोसाकभत्ता वितरण गर्न नसकिएको बताए । उनले विगत दुई वर्ष र चालू आवका लागि रकम निकासा गर्न मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...