Skip to main content

क्याम्पस प्रशासनले विद्यार्थीबाट अनियमित रकम उठाउने गरेको खुलासा


बागलुङ, २०६९ चैत १३ । धौलागिरी बहुमुखी क्याम्पस प्रशासनले विद्यार्थीबाट अनियमितरुपमा रकम उठाउने गरेको रहस्य खुलेको छ । विना भर्पाई विद्यार्थीहरुबाट विभिन्न बहानामा रकम उठाएको विद्यार्थीहरुले क्याम्पस प्रशासनमाथि आरोप लगाएका छन् ।
mahendra campusक्याम्पसमा क्रियाशील ४ विद्यार्थी संगठनले सोमवार संयुक्त विज्ञप्ती प्रकाशित गरी क्याम्पसले विभिन्न संकालयका विद्यार्थी संगबाट लिएको अनियमित रकम फिर्ता गर्न आग्रह गरेका छन् ।
विद्यार्थी संगठनले स्नातक तेस्रो वर्षका विद्यार्थीलाई प्रोजेक्ट म्यानेजमेन्टको नाममा प्रति विद्यार्थी ५ सय, बैंकिङ इन्सुरेन्समा १ हजार विना भरपाई असुल गरेको र शिक्षा संकायमा ७ सय रुपयाँ लिएको भन्दै फिर्ता गर्ने आग्रह गरेका हुन् ।
अखिल क्रान्तिकारीका संयोजक होमनाथ चालिसे, अखिल छैठौका सागर कुँवर, अखिल क्रान्तीकारीका शिव शाक्य र अखिल एकिकृतका विक्रम थापाले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा क्याम्पस हाता भित्र ट्युसन क्लास सञ्चालन नर्गन समेत आग्रह गरिएको छ ।
उनिहरुले मानिविकी संकायको गणित विषयको ट्युसन क्याम्पस हाताभित्र सञ्चालन गरेको भन्दै तत्काल बन्द गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...