Skip to main content

सकियो एसएलसी

काठमाडौं, ९ चैत/ माध्यमिक तहको अन्तिम खुट्किलो मानिने एसएलसी परीक्षा आजदेखि सकिएको छ ।

१ चैतबाट सुरु भएको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार एक सय ६५ विद्यार्थी सहभागी भएका थिए । यस वर्ष नियमितबाट चार लाख ३० हजार ९९ र आंशिकबाट एक लाख १७ हजार ६६ विद्यार्थी परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरका परीक्षा उपनियन्त्रक प्रह्लाद अर्यालले बताउनुभयो । तर, परीक्षा अवधिभर चिटचोर्ने, सट्टामा परीक्षा दिने दिलाउने एक सयभन्दा बढी विद्यार्थी निष्काशित भएका छन् ।

त्यसैगरी विद्यालयमा ७५ प्रतिशत हाजिर नभएको विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराइएन । परीक्षा सम्पन्न गर्न २८ करोड रुपैयाँ विनियोजन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैबीच, सर्लाहीमा एसएलसी परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । छिटफुट अमर्यादित घटनाबाहेक सौहार्दपूर्ण रूपमा प्रवेशिका परीक्षा सकिएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

सर्लाहीमा यस वर्षको एसएलसीमा अमर्यादित गतिविधि गर्ने चारजना विद्यार्थीको परीक्षा रद्द गर्नुका साथै पाँच निरीक्षकलाई कारबाही गरिएको उहाँले बताउनुभयो । जिल्लामा यस वर्ष नौ हजार तीन सय ३२ विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । परीक्षाका लागि ३० वटा परीक्षा केन्द्र तोकिएको सहकर्मी सुरेश बिडारीले जानकारी दिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...