Skip to main content

विद्यार्थीको आन्दोलन जारी


२९ फागुन, काठमाण्डौं । सार्वजनिक यातायातमा सरकारले गरेको भाडाबृद्धिको विरोध तथा तत्काल स्ववियु निर्वाचनको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले आज पनि आन्दोलनका कार्यक्रमलाई जारी राखेका छन् ।
विपक्षी दलका ११ विद्यार्थी संगठनले आज बिभिन्न क्याम्पस अगाडी सीटी जुलुस प्रर्दशन गर्ने जनाएका छन् । यसअघि मुल्यबृद्धि फिर्ता लिन माग गर्दे हिजो बिद्यार्थी संगठनहरुले देशभरका सरकारी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेका थिए । भाडावृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।
सरकारले गएको शुक्रबारदेखि सार्वजनिक यातायातमा ९ प्रतिशत भाडा बढाएपछि विद्यार्थी आन्दोनमा उत्रिएका हुन । आइतबार काठमाण्डौमा बसेको ११ विधार्थी संगठनको संयुक्त बैठकले भाडावृद्धीविरुद्ध तीन दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम अन्तर्गत आजबाट तीनदिनसम्म मुलुकभर चक्काजाम, सिटीजुलुस र सरकारी सवारी साधन चलाउन नदिने लगायतका रहेका छन् ।
बुधबार बिहान ६ देखि १० बजेसम्म सार्बजनिक र सरकारी गाडी चलाउन रोक लगाइने बिद्यार्थी नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । चैत १ देखि एसएलसी परीक्षा सुरु हुने भएकाले उक्त परीक्षालाई असर नपर्ने गरी अन्य आन्दोलनका कार्यक्रम गर्ने लामिछानेको भनाई छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...