Skip to main content

एनसेलद्धारा विद्यालयलाई आर्थिक सहयोग

भूमिराज शर्मा /
पर्वत, ११ चैत
एनसेल नेपालले पर्वतको एक सामुदायिक विद्यालयलाई भौतिक तथा शैक्षिक विकासका लागि आर्थिक सहयोग प्रदान गरेको छ । एनसेलले जिल्लाको देउपुर गाविसको पातीचौरमा रहेको पशुपति निमाविलाई एक कार्यक्रमका बीच १२ लाख दश हजार रकम प्रदान गर्ने सम्झौता भएको हो । 
सम्झौताबाट प्राप्त रकमबाट विद्यालयको दुई कोठे भवन निर्माणका लागि आठ लाख, पुरानो भवन मर्मतका लागि एक लाख, फर्निचर निर्माणका लागि असी हजार, शैक्षिक सामग्री खरिदका लागि २० हजार र अन्य रकम पुस्तकालय, बुक कर्नर लगायतका क्षेत्रहरुमा खर्च गरिने विद्यालयले जनाएको छ । 
एनसेलले आफ्नो कारोबारबाट प्राप्त मुनाफाको केही प्रतिशत रकम सामाजिक सेवामा खर्चिने गरेको छ । सम्झौता अनुसार आगामी बर्षको कार्तिक मसान्तसम्म भवन निर्माण सम्पन्न गरिने उल्लेख छ । उक्त सम्झौतामा गाजा युवा क्लब बाग्लुङका प्रतिनिधि दिलकमल र विद्यालयका प्रधानाध्यापक तारापति तिमिल्सिनाले हस्ताक्षर गरेका थिए । सो अवसरमा जिल्ला शिक्षा कार्यालय पर्वतको तर्फबाट उपसचिव कुस्मराज उपाध्याय र विनि कृष्णप्रसाद आचार्यको सहभागिता रहेको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...