२९ फागुन, नेपालगञ्ज । बाँकेमा एसएलसी दिने परीक्षार्थीलाई विद्यालय पोसाक अनिवार्य गराइने भएको छ । परीक्षाको समयमा हुनसक्ने अपि्रय घटनालाई मध्यनजर गर्दे यस्तो निर्णय भएको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले जानकारी दिनुभयो ।
साथै विद्यार्थीले परीक्षा केन्द्रमा मोवाइल फोन पनि लैजान पाउने छैनन् । बाँकेमा यस वर्षको प्रवेशिका परीक्षामा नौ हजार ४ सय तीन विद्यार्थी सहभागी हुने भएका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार, परीक्षामा नियमिततर्फ सात हजार ३ सय ७२ र आंशिकतर्फ तीन हजार ३१ जना रहेका छन् । नेपालगन्जमा सात, खजुरामा चार, कोहलपुरमा १७ र राप्तीपारी क्षेत्रमा दुई गरी जिल्लामा ३० परीक्षा केन्द्रको व्यवस्था मिलाइएको धामीले जानकारी दिनुभयो । रासस