Skip to main content

शिक्षा क्षेत्रमा काम गर्नेको भन्दा उपदेश दिनेहरुको भीड


काठमाडौँ, चैत १७ गते । शिक्षा मन्त्रालयका सचिव सोमलाल सुवेदीले शिक्षा क्षेत्रमा काम गर्नेको भन्दा उपदेश दिनेहरुको भीड भएको गुनासो गर्नुभएको छ । 
    नेपाल राष्ट्रिय अभिभावक सङ्घको राष्ट्रिय भेला तथा वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै सचिव सुवेदीले शिक्षामा लगानीअनुसारको प्रतिफल आउन नसकेको उदाहरणका लागि विदेसिएका युवाको आँकडा र अवस्था हेर्दा स्पष्ट हुने बताउनुभयो । 
    उहाँले विद्यालयहरुमा जाने स्रोतको सदुपयोगबारे अनुगमन र अभिभावक सचेतनाका कार्य गर्न अग्रसर भएमा अभिभावक सङ्घहरुसँग सरकारले आर्थिक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले निजी विद्यालयका सञ्चालक संस्थाहरुसँग मिलेर तयार गरिएको संस्थागत विद्यालय निर्देशिका कार्यान्वयन गरेरै छाड्ने अठोट व्यक्त गर्दै यसमा आगामी दिनमा संशोधन गर्दा अभिभावक र विद्यार्थीका आवाजलाई पनि सम्बोधन गर्ने बताउनुभयो ।  
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का सचिव कुमार घिमिरेले सो निर्देशिकाका केही विषय कार्यान्वयनमा जाँदा समस्या हुने भएकाले सुधारका लागि आग्रह गरिएको बताउनुभयो । 
    उच्चमाध्यामिक विद्यालय सङ्घ (हिसान)का अध्यक्ष उमेश श्रेष्ठले निजी क्षेत्रले शिक्षामा योगदान गर्नुका साथै र नवीन आयाम ल्याएकाले यसलाई आलोचनाका दृष्टिले मात्रै नहेर्न आग्रह गर्नुभयो । 
    अध्यक्ष श्रेष्ठले अभिभावक सङ्घको कार्यालय स्थापनाका लागि हिसानका तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि गर्नुभयो । 
    अखिल नेपाल शिक्षक सङ्गठनका सम्मेलन आयोजक समितिका संयोजक तुल्सीप्रसाद घिमिरेले शैक्षिक सुधारका लागि शिक्षक संस्थाहरुबीच एकीकृत आन्दोलनको आवश्यकतामा जोड दिनुभयो । 
    नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम अधिकारीले अभिभावक सङ्घहरुमा शिक्षकहरु बस्ने प्रवृत्तिको अन्त्य गर्न सुझाव दिनुभयो । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...