Skip to main content

भागबण्डामा भवन बाँड्ने निर्णय सच्याउन माग


खोटाङ, चैत्र १८ - शिक्षाको भवन भागबण्डामा बितरण गरेका खोटाङका तीन ठूला दललाई तत्काल निर्णय सच्याउन साना पाँच दलले माग गरेका छन् ।
एकीकृत नेकपा माओबादी, नेपाली कांग्रेस र एमालेले शिक्षाको दुई कोठे भवन भागबण्डामा बाँडेको भन्दै राप्रपा नेपाल, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी, नेकपा एकीकृत, नेकपा–माओवादी र संघीय समाजवादी पार्टीले निर्णय सच्याउन ठूला दललाई माग गरेका हुन् ।ठूला दलले भागबण्डामा...........
शिक्षाको भवन बितरण गरेको भन्दै शिक्षा समितिको बैठक बहिस्कार गरेका साना दलहरुले आईतबार संयुक्त बिज्ञाप्ती जारी गर्दै निर्णय सच्याउन ठूला दललाई आग्रह गरेका हुन् ।
ठूला तीन दलहरुले २०६४ साल यता भवन नपाएका बिद्यालयलाई भवन बितरण गर्नुको सट्टा एउटै बिद्यालयलाई बारम्बार भवन बाँड्न लागी परेको साना दलहरुको आरोप छ । उनीहरुले ठूला दलको निर्णयलाई कार्यन्वयन नगर्न पनि सम्बन्धित कार्यालयलाई आग्रह गरेका छन् ।
लामो समयसम्म भवन नपाएका खोटाङका ४४ बिद्यालयमध्येका बिद्यालयलाई आवश्यकताका आधारमा भवन बितरण गर्नकालागि आग्रह गर्दा ठूला दलले बेवास्ता गरेको राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो ।
ठूला दलले भागबण्डामा शिक्षाको भवन बितरण गरेको भन्दै साना पाँच दलले शनिबार भएको जिल्ला शिक्षा समितिको बैठक बहिष्कार गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...