काठमाडौं, २८ फागुन/ अस्थायी शिक्षक संघर्ष समितिले एसलसीलगायत कुनै पनि परीक्षामा सहभागिता नजनाउने बताएको छ ।
गत पुष २० गते निकालेको शिक्षक सेवा आयोगकको विज्ञापनमा सरकारले २०६३ वैशाख १० गते पछि नियुक्त भएका शिक्षकलाई विभेद गरेको भन्दै समितिले चैत्र १ गतेदेखि सुरु हुने एसएलसी, जिल्लास्तरीय परीक्षालगायत कुनै वार्षिक परीक्षामा पनि सहभागिता नजनाउने भएको हो ।
राजधानीमा आज गरिएको कार्यक्रममा समितिका महासचिव आशुतोष गिरिले विभेदको नीतिलाई तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ ।
त्यस्तै अधिवक्ता शिवराम वोहुजुले सरकारले गरेको विज्ञापनविरुद्ध सर्वोच्चमा परेको रिटको अन्तिम आदेश हुनु भन्दा पहिले शिक्षक सेवा आयोगले परीक्षा गरेमा त्यो कानुन विपरित हुने दाबी गर्नुभयो ।