Skip to main content

संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६९ को कार्यान्वयन हुनुपर्ने


काठमाडौँ, चैत १८ गते  । नेपाल राष्ट्रिय अभिभावक सङ्घको राष्ट्रिय भेलाले संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६९ को कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि सम्बद्ध पक्षसँग वार्ता गर्नुपर्नेलगायतका १० बुँदे प्रस्ताव पारित गरेको छ । 
    भेलाले सरोकारवला सबै निकायको सहयोग र संलग्नतामा तयार पारिएको सो निर्देशिकाबारे केही विवाद देखिएकाले यसको समाधानार्थ सम्बद्ध पक्षसँग वार्ता गरी सहमतिका साथ कार्यान्वयन गरियोस् भन्ने प्रस्ताव पारित गरेको सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिनुभयो ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले सो निर्देशिका अवज्ञा गर्ने चेतावनी दिएको थियो । निर्देशिकाको कार्यान्वयनको माग गर्दै सुप्रभात भण्डारीको नेतृत्वमा रहेको अभिभावक सङ्घ नेपालले प्याब्सनको केन्द्रीय कार्यालयमा गत दुई सातादेखि कालो झन्डा प्रदर्शन गरिरहेको छ । 
सङ्घका अन्य प्रस्तावहरूमा जिल्ला शिक्षा समितिमा आफ्नो स्पष्ट प्रतिनिधित्व हुनेगरी ऐन नियममा व्यवस्था हुनुपर्ने, विद्यालय शान्ति क्षेत्र कार्यान्वयनमा आउने वातावरण तयार हुनुपर्ने, मुलुकभरका सामुदायिक विद्यालयको अपेक्षित शैक्षिक गुणस्तर वृद्धि गरिनुपर्ने, सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक निःशुल्क र समयमै उपलब्ध हुनुपर्नेलगायत छन् ।
    सङ्घले साक्षरता अभियान सफल बनाउन आफूहरूले घर छिमेकबाटै पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 
    भेलाको उद्घाटन शनिबार शिक्षा मन्त्रालयका सचिव सोमलाल सुवेदीले गर्नुभएको थियो । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...