Skip to main content

शिक्षक विद्यार्थीलाई संगै तालिम


३१ चैत, दाङ । सहज रुपमा बालमैत्री स्थानिय शासन कार्याक्रम लागु गराउन शिक्षक र विद्यार्थीलाईसंगै तालिम दिने भएको छ । लोहारपानी गाविस वालमैत्री स्थानिय शासन समितिको शुक्रबार मुर्कुटिमा सम्पन्न बैठकले प्रधानाध्यापक, वाल संञ्जाल र वालकलवका पदाधिकारीको दुईदिने संयुक्त तालिम दिने निर्णय गरेको हो ।
सबै विद्यालयमा बालकलब गठन हुन नसकेकोले संयुक्त तालिम आबस्यक रहेको समितिका सदस्य एवं लोहारपानी गाविस बालसञ्जालका अध्यक्ष सन्तोष जिसीले जानकारी दिनुभयो । वहाँका अनुशार विद्यालयमा अतिरिक्त कृयाकलाप भएका छैनन् । विद्यालयका शौचालय धारा लगाएतका भौतिक संरचना निर्माण र संरक्षण गर्न सहज छलफल हुन सकेको छैन । त्यसैले विद्यार्थी र सिक्षक विच सौहार्द वातावरण तयार गर्न संयुक्त तालिम आबश्यक छ । शिक्षक र विद्यार्थी विचको खाडल पुर्न सके बालमत्रैत्री स्थानिय शाषण कार्यक्रम लागु हुने जिसीको भनाई छ । तालिममा स्तर नमिले पनि त्रासको बातावरण अन्त गर्न अनिवार्य रहेको बताउनुभयो ।
सबै विद्यालयलाई वालकलब गठन गर्न चार महिना अघि पत्र लेखेर अनुरोध गरेको तर अहिले सम्म जवाफ नआएको समितिका अध्यक्ष एवं लोहारपानी गाविस सचिव यज्ञ बहादुर भण्डारीले जानकारी दिनुभयो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...