Skip to main content

स्ववियु निर्वाचनमा उमेर हद लागू नगर्नु : सर्वोच्च


८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारका लागि २८ वर्षभन्दा माथि हुन नहुने प्रावधान तत्काल लागू नगर्न आदेश दिएको छ ।
न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले आइतबार उमेर हदको निर्णय यथास्थीतीमा राख्न आदेश दिएको हो । साथै सरकारसँग लिखित जवाफ माग्नुका साथै दुबै पक्षलाई एकसातापछि छलफलमा बोलाउन आदेश दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको चैत २३ गतेको विधान सभाले आगामी स्ववियु निर्वाचनमा २८ वर्ष नाघेका विद्यार्थी उम्मेदवार हुन नपाउने निर्णय गरेको थियो भने त्यसविरुद्ध १४ क्याम्पसका स्ववियु सभापतिले वैशाख ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...