Skip to main content

बिहेको खर्च विद्यार्थीको छात्रबृत्तिमा


३१ चैत, चितवन । बिहे खर्च जोगाएर चितवनका एक दम्पत्तीबाट स्थापित शिक्षा कोषबाट यसबर्ष ४७ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ ।
चितवन शुक्रनगरका दिपेन्द्र सुवेदी र उनकी धर्मपत्नी गीताद्वारा स्थापित ‘दिपेन्द्र गीता शिक्षा कोष’बाट चितवन भरतपुर नगरपालिका र शुक्रनगर गाविसका ४७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । चितवन शुक्रनगर- ३ का दिपेन्द्र र भरतपुर- ६, आनन्दपुरकी गीताको २०६७ असोज २४ गते मागी विहे भएको थियो । यो जोडीले भड्किलो बिहे गर्नुको सट्टा बिहे खर्चबापतको रकम र आफन्त तथा शुभेच्छुकबाट प्राप्त चार लाख रुपैंयाको उपहारलाई कोषको रुपमा परिणत गरेका थिए ।
अहिले कोषको रकम छ लाख रुपैंया पुगेको छ । जसबाट बर्सेनी चितवनको शुक्रनगर र आनन्दपुर आसपासका सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबापत शैक्षिक सामाग्री, पोशाक, विद्यालय शुल्क लगायत दुई बर्षदेखि प्रदान गरिंदै आएको छ । गतबर्ष कोषबाट ३८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कोषलाई व्यवस्थित रुपमा संचालन तथा विद्यार्थी छनौट र छात्रवृत्ति वितरणका लागि दिपेन्द्रका पिता शिवराज सुवेदीको संरक्षकत्वमा पाँच सदस्यीय समिति क्रियाशिल छ ।
शिक्षा तथा रोजगारीका सिलसिलामा हाल दिपेन्द्र र गीता जर्मनीमा बस्दै आएका छन । कोषको कार्यलाई व्यवस्थित गर्न एक महिना अघि नेपाल आइपुगेका दिपेन्द्र सुवेदीले विद्यालय शिक्षाको पहुँचबाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षाको सुविधा प्रदान गर्नु शिक्षा कोषको प्रमुख उद्देश्य रहेको बताउनुभयो । आगामी बर्षमा कोषको राशी बढाउँदै थप बालबालिकालाई छात्रबृत्ति तथा सहयोग प्रदान गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...