Skip to main content

नेराशि संगठन बागलुङको अध्यक्षमा भण्डारी


बागलुङ, २०७० बैशाख १ । नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको १०औँ जिल्ला अधिवेशन ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्दै शनिवार सम्पन्न भएको छ । अधिवेशनले गोविन्द भण्डारीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा हरिराम अधिकारी, महिला उपाध्यक्षमा विजया शर्मा, सचिवमा विष्णुप्रसाद शर्मा, सहसचिवमा सरिता शर्मा गौतम, कोषाध्यक्षमा खगराज शर्मा र सहकोषाध्यक्षमा सारदा शर्मा रहेका छन् भने समितिको सदस्यमा महिला सदस्य तर्फ शान्ति सापकोटा, मिना सापकोटा र संस्थागत सदस्यमा गणेशप्रसाद शर्मा र देवेन्द्र पौडेल रहनुभएको छ भने समावेशी सदस्यमा गंगा विक र यमप्रसाद शर्मा रहेका छन् ।
त्यस्तै इलाका नम्बर १ बाट मुकुन्द शर्मा, २ बाट चन्द्रमणी उपाध्यय, ३ बाट तिलबहादुर कार्की, ४ बाट लिलबहादुर जिटी, ५ बाट डिल्लीराम रेग्मी, ६ बाट लक्ष्मीप्रसाद वाग्ले,, ७ बाट तिलक पौडेल, ८ बाट भगवान बोहरा, ९ बाट झलक थापा, १० बाट सुनिल शर्मा, ११ बाट शंसेरप्रसाद सिंह, १२ बाट शिवराज गैरे, र १३ बाट गणेशप्रसाद आचार्य सदस्यमा चयन भएका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...