Skip to main content

विद्यार्थीव्दारा विद्यालयलाई ११ हजारको दराज उपहार


बागलुङ, वैशाख १ । बागलुङको दर्लिङस्थित एक विद्यालयका विद्यार्थीहरुले विद्यालयलाई ११ हजार बराबरको दराज उपहार दिएका छन् । वडा नं २ बल्घासमा रहेको जनता निमाविमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले निमावि तह पूरा गरी विदाई भएर जानेक्रममा विद्यालयलाई उक्त दराज उपहार स्वरुप दिएका हुन् ।
कक्षा ७ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा भएको थियो ।
साथै सोही अबसरमा वडा नं २ निबासी चुराबहादुर परियारले १० हजार एक सय र सोही ठाउँ निबासी समाजसेवी तथा विद्यालयका लेखा समितिका संयोजक रणबहादुर रायमाझिले ५ हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् । कार्यक्रम विद्यालयका प्रअ वीरेन्द्रप्रताप केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...