Skip to main content

भ्रष्टाचार विवादले ९ महिनादेखि शिक्षक युनियन बैठक बस्न सकेन


२ बैशाख, काठमाण्डौं ।
शिक्षकका साझा संस्था नेपाल शिक्षक युनियनमा नौ महिनादेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । भ्रष्टाचारको दलदलमा युनियन फसेपछि केन्द्रीय कमिटी बैठक बस्न नसकेको हो । युनियनको संगठनिक गतिविधि अघि बढाउन बैठक आह्वान गर्न केन्द्रीय समितिका अधिकांश सदस्यले पदाधिकारीलाई चर्को दबाब दि“दै आएका छन् । तर, नेतृत्वले आङ्खनो कमजोरी ढाकछोप गर्न बैठक आह्वान नगरेकाले गतिविधि केन्द्रीय र जिल्ला तहमा अघि बढ्न नसकेको दाबी गरिएको छ । युनियनमा भएको भ्रष्टाचारका कारण वर्तमान पदाधिकारीसमेत तीन ध्रुवमा विभाजित भएका छन् ।
एक पक्षले तत्काल बैठक आह्वान गर्नुपर्ने बताएका छन् । अर्को पक्षले अनियमिताको पूर्णरूपमा ढाकछोप गरेपछि मात्र बैठक आह्वान गर्ने बताउँदै आएका छन् । तर, मध्यस्थता गर्दै आएका युनियन सदस्यले भने तत्काल बैठक आह्वान गरेर समस्या समधान गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दि“दै आएका छन् । युनियनको तेस्रो महाधिवेशन चैत अन्तिम साता सकिसक्नुपर्ने थियो । तर, युनियनमा भएको भ्रष्टाचारका कारण अधिवेशनका लागि प्रक्रियासमेत अघि बढ्न सकेको छैन ।
युनियन महासचिव झकबहादुर डाँगीले नौ महिनासम्म केन्द्रीय समिति बैठक बस्न नसकेकाले संगठनका कार्यक्रम तथा जिल्ला गतिविधि अघि बढ्न नसकेको बताए । ‘बैठक आह्वान गर्ने विषयमा अध्यक्ष दिलबहादुर जोशीसँग समन्वयन गर्दै आएका छौं,’ उनले भने । नेतृत्वमा बस्नेबाटै युनियनमा साढे ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता भएको छानबिन समितिले ठहर गर्दै प्रतिवेदन तयार पारिसकेको छ । समिति संयोजक राजेन्द्र अधिकारीले एउटै शीर्षकमा दुई पटकसम्म रकम झिकेर अनियमितता नेतृत्वले गरेको आरोप लगाए । आर्थिक अनियमितता गर्नेमा युनियन अध्यक्ष जोशीले ३ लाख ५० हजार र अन्य पदाधिकारीले कम्प्युटर तालिम, अंग्रेजी भाषालगायतका शीर्षकमा अनियमितता गरेको समितिले जनाएको छ ।
केही समयअघि युनियनभित्र १७ लाख रुपैयाँ आर्थिक अनियमितता भएको आरोप लागेपछि छानबिन प्रक्रिया अगाडि बढेको थियो । समितिले अनियमितता गर्नेको नाम दि“दा कारबाही गर्न सजिलो हुने युनियनले जनाएको छ । आर्थिक समस्याका कारण युनियनको केन्द्रीय समिति बैठक आह्वान गर्न नसकिएको जोशी बताउ“छन् । ‘देशका विभिन्न जिल्लाबाट केन्द्रीय पदाधिकारी आउने भएकाले एउटा बैठकमा २ देखि ३ लाख रुपैयाँ खर्च हुने भएकाले तत्काल बोलाउन समस्या आएको हो,’ उनले भने । महासचिव डाँगीले भने बैठकका लागि आर्थिक समस्या नभएको दाबी गरे ।
युनियनमा भएको आर्थिक अनियमितताका कारण नै बैठक बस्न नसकेको बताउँदै उनले राजधानीसँग भने, ‘छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा आर्थिक अनियमितता गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउन पनि बैठक आवश्यक छ । बैठक वैशाख दोस्रो सातासम्म बस्नेछ ।’ केन्द्रीय समिति बैठक बस्न नसकेका कारण विभिन्न जिल्लामा भएको जिल्ला अधिवेशनमा समेत केन्द्रीयस्तरबाट प्रतिनिधि चयन गर्न सकिएको छैन । नेपाली शिक्षकको छाता संगठन युनियनमा १ लाख ५० हजारभन्दा बढी शिक्षक आबद्ध छन् । तर, शिक्षकका पेसागत छाता संगठनभित्रका नेतृत्वले नै आर्थिक अनियमितता गरेपछि शिक्षकका माग ओझेलमा पर्ने भएका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...