काठमाडौं, ४ वैशाख/
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गुणस्तरीय शिक्षाको माध्यमबाट मुलुकमा आमूल परिवर्तन ल्याउन वैज्ञानिक र प्राविधिक शिक्षा लागू गर्ने दिशामा अनेरास्ववियूले पहल गर्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियु कोटेश्वर बहुमुखी क्याम्पस कमिटीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले २१ औँ शताब्दीलाई सुहाउँदो वैज्ञानिक र प्राविधिक शिक्षालाई जोड दिएकै कारण सिंगापुरलगायतका मुलुकका जनताको वार्षिक प्रतिव्यक्ति आय ३३ हजार डलर पुगेको बताउनुभयो । अहिले पार्टीभित्रको गुट उपगुट समाप्त भएकाले आगामी जेठमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुले अत्यधिक स्थानमा विजय हासिल गर्ने दाबी गर्नुभयो ।