काठमाडौं, ४ वैशाख
बोष्टन एजुकेशन सेन्टर बिर्तामोडले विद्यार्थीहरूको करियर काउन्सिलिङका लागि विषेश शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । आगामी बैशाख ९ र १० गते झापाको बिर्तामोडस्थित अतिथिसदनमा आयोजना हुने शैक्षिक मेलामा नेपाल–भारतका १८ बढी कलेजको सहभागिता रहने बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा जनाइएको छ। एसएलसी पास भएका विद्यार्थी र अभिभावकलाई लक्षित गरी आयोजना गरिने सो शैक्षिक मेलामा प्राविधिक शिक्षा दिंदै आएका कलेजका सञ्चालक तथा प्राध्यापकहरूले विद्यार्थीको चाहना बमोजिमको शिक्षा लिने शैक्षिक प्रतिष्ठान र तिनको सेवासुविधाबारे जानकारी गराउने बोष्टन एजुकेशन सेन्टरका प्रोप्राइटर सुमन शर्माले जानकारी दिनुभयो । शैक्षिक मेलामा भारत बेङलोरको आरआर इन्स्टीच्युट र फारन कलेज, झारखण्डको निलोई, दिल्लीको एपिजे युनिर्भसिटी, गोहाको केएलइ कलेज र सिक्किमको इल्म युनिर्भसिटीसहित १२ र काठमाडांैका एभरेष्ट, ओरिएन्ट, भीएस निकेतन लगायतका ६ वटा कलेजको सहभागिता रहने बताइएको छ। सेन्टरले हालसम्म गुणस्तरीय शिक्षा आर्जनका लागि नेपालका विभिन्न ठाउँबाट तीनसय बढीलाई नेपाल बाहिरका विश्वविद्यालयहरूमा अध्ययनका लागि पठाइसकेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।