बागलुङ, २०७० १२ असार । छोरेगाउँ मावि खुंगामा विद्यालय सुधारसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक, विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा एसएलसी नतिजाको समिक्षा, विद्यालयसँग सम्बन्धीत बर्तमान चुनौती तथा भावि दिनमा शैक्षिक गतिविधीलाई व्यवस्थित गर्ने, छात्रवृत्ति वितरणलगायतका विषयमा छलफल गरिएको थियो ।
यसैगरी अधिकारीचौरको भुजि माविमा पनि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेलाले एसएलसी नतिजाको समिक्षा, विद्यालयसँग सम्बन्धित वर्तमान चुनौती तथा भावि दिनमा शैक्षिक गतिविधीलाई के कसरी व्यवस्थित गर्ने भन्ने बारे छलफल भएको थियो ।