गोरखा, २०७० असार १२ । गोरखास्थित एक उच्च माध्यमिक विद्यालयकी छात्रालाई लिङ्ग देखाएको आरोपमा एक बोर्डिङ्ग स्कूलका शिक्षकलाई पक्राउ गरी प्रहरीले जबरजस्ती करणी उद्योगमा बुधवार मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको बताएको छ ।
महेन्द्रज्योति उच्च माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत १३ वर्षकी छात्रालाई पानी लिएर आउँदा सोमवार बेलुकी लिङ्ग देखाएको आरोपमा गोरखास्थित सेन्ट जोसेफ बोर्डिङ्ग स्कूलका शिक्षक रामजी पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसैवीच सेन्ट जोसेफ बोर्डिङ्ग स्कूलका शिक्षक रामजी पाण्डेलाई सो विद्यालय व्यवस्थापन समितिले निष्काशन गरेको बताईएको छ ।