सन्तोष गौतम, म्याग्दी २०७० असार १२ । म्याग्दीको राम्चे गाविसको नांगीमा रहेको हिमाञ्चल उच्च माविमा पूर्व विद्यार्थीहरुले लाखौ खर्च गरेर खेलमैदान निर्माण गरेका छन् ।
रोजगारीको शिलशिलामा बिदेश गएका पूव विद्यार्थीहरुले विद्यालय परिसरमा भलिबल र बास्केटबल खेलमैदान निर्माण गरेका हुन् । युके र हङकङमा कार्यरत पूव विद्यार्थीहरुको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान गरि १५ लाख रुपैयाको लगानीमा कच्ची खेलमैदानलाई ढलान गरेर पक्की बनाइएको विद्यालयका प्राचार्य रमन पुनले धौलाश्रीलाई बताए ।
प्राचार्य पुनका अनुसार बिदेशबाट पूव विद्यार्थी सहित ११ जनाले प्रतिव्यक्ति एक लाख ११ हजार रुपैयाका दरले खेलमैदान निर्माण गर्न आर्थिक सहयोग गरेका छन् । स्थानीयबासीले तीन लाख रुपैया बराबरको श्रमदान गरेका छन् । कच्चि खेलमैदानमा हिलो र धुलो हुँदा खेल गतिबिधी सञ्चालन गर्न समस्या भएपछि स्तरवृद्धी गरिएको हो ।