Skip to main content

पर्वतमा अन्तरजातीय विवाह गरेकी युवती अलपत्र

biheपर्वत, १२ असार । सँगै जीउने र मर्ने वाचा गरेका पतिले छाडेपछि अन्तरजातीय विवाह गरेकी एक दलित युवती अलपत्र परेकी छन् । ब्राह्मण युवकसँग तीन साता पहिले बिहे गरेकी अनिता बिकलाई पतिले छाडेर बेपत्ता भएपछि अलपत्र भएकी हुन् ।
चित्रे गाविस–५ की अनिताले तिलहार गाविस–६ डिमुवाबजार निवासी रामचन्द्र सुवेदीसँग जेठ २४ मा विवाह गरेकी थिइन् । विवाहको तीन दिनपछि श्रीमान्ले आफूलाई छाडेर अलपत्र पारेको भन्दै अनिताले दलित वर्ग उत्थान समन्वय समिति र दलित साझा मञ्चमा न्यायका लागि निवेदन दिएकी छिन् ।
मंसिरदेखि बसेको प्रेमलाई जेठ २४ गते विवाहबाट वैधानिकता दिएपछि बाजुङ्गमा डेरा गरेर दुबैजना सँगै बस्दै आएको अनिताले बताएकी छिन् । तर श्रीमान्लाई उनका आफन्तले झुक्याएर घर लगेपछि भगाएर बेपत्ता बनाएको उनको आरोप छ । बाबु (ससुरा) घरको छतबाट खसेर बेहोस बनेको भनेर जेठ २७ गते घर लगेर आफूहरुलाई छुट्टाएको उनले निवेदनमा उल्लेख गरेकी छिन् । सुवेदी बाजुङ्गको एक निजी विद्यालयका शिक्षकसमेत हुन् । पीडित युवतीले प्रहरीमा दिएको निवेदनको समेत बेवास्ता गरी आफूलाई अन्याय गरिएको बताएकी छिन् ।
यसैबीच दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष गमबहादुर बिक र दलित साझा मञ्चका अध्यक्ष यामबहादुर बिकले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै महिला अस्मितालाई खेलौनाको रुपमा लिने तथा दलित युवतीलाई भोग गरेर छाड्ने काम अक्षम्य कुकृत्य भएको बताएका छन् ।
विज्ञप्तिमा पीडित दलित युवतीलाई न्याय दिलाउन सहयोग गर्न सबै निकायसँग आग्रह गरिएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...