Skip to main content

एक्काइस वर्षदेखि चेपाङ विद्यार्थीलाई निरन्तर छात्रवृत्ति

गोरखा, १२ असार । यहाँका चेपाङ्ग विद्यार्थीहरूले विगत २१ वर्षदेखि निरन्तर छात्रवृत्ति पाउँदै आएका छन् । नियमित रुपमा विद्यालयमा कमै देखिने चेपाङ बालबालिकाहरू छात्रवृत्ति पाउने दिनमा भने सबैजना विद्यालय आउने गर्दछन् । जिल्लाको घ्याल्चोक, मकैसिङ, ताक्लुङ, ताङ्लिचोक, भूम्लिचोक गाविसमा चेपाङ्ग समुदायको बसोबास रहेको छ । 
 
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सीमान्तकृत, लोपोन्मुख, चेपाङ्ग विकास कार्यक्रमबाट आएको रकम र जिल्ला विकास समिति गोरखाको रु एक लाख ५० हजार गरी कुल पाँच लाख २५ हजारको विद्यालय पोशाक र शैक्षिक सामग्री ती बालबालिकालाई वितरण गरिएको हो । प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई तहगत रुपमा निमावि र प्रावि तहका लागि ६५०, मावि तहका लागि रु एक हजार ५० र उच्च मावि तहका विद्यार्थीलाई रु दुई हजार ५० वितरण गरिएको छ ।
 
जिल्लामा यो कार्यक्रम आव ०४८÷०४९ बाट सुरु भएको स्थानीय विकास अधिकारी महेश बरालले बताउनुभयो । त्यस क्षेत्रमा रहेका २२ विद्यालयका एक हजार ३२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको पूर्वसभासद् माया चेपाङले जानकारी दिनुभयो ।भूम्लिचोकस्थित तोमन डाँडा माविमा मात्रै ३०० चेपाङ बालबालिका अध्ययनरत रहेका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...