Skip to main content

SLC 2069 Report

काठमाडौं - २०६९ सालको एसएलसी परीक्षामा सम्मिलितमध्ये नियमिततर्फ ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत वर्ष चैतमा लिएको परीक्षाको परिणाम परीक्षा सकिएको ८१ औं दिन मंगलबार सार्वजनिक गरेको हो। उत्तीर्णमध्ये १६ हजार ९ सय २४ विशिष्ट, ७६ हजार १ सय ६५ प्रथम, ६९ हजार ८ सय ३० द्धितीय र ५ हजार १६ तृतीय श्रेणीमा छन्। गत वर्ष सबैभन्दा बढीले द्धितीय श्रेणी ल्याएकामा यस वर्ष प्रथम श्रेणी ल्याउने बढी छन्।
अघिल्लो वर्ष १७ हजार ७ सय ६० विशिष्ट र ७७ हजार ३ सय ८३ विद्यार्थी प्रथम श्रेणीमा पास भएका थिए। द्धितीय श्रेणीमा सबैभन्दा बढी १ लाख १ हजार ४ सय २५, तृतीय श्रेणीमा ११ हजार ६ सय १९ पास भएका थिए।
शिक्षा सचिव डा. सोमलाल सुवेदी अध्यक्षतामा पनिका, सानोठिमीमा बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको बैठकले दिउँसो नतिजा निकालेको हो।
०६९ को परीक्षामा सम्मिलित ५ लाख ११ हजार १ सय ६५ मध्ये नियमिततर्फ ४१.५७ प्रतिशत र एक्जाम्टेडतर्फ ७.७६ प्रतिशत उत्तीर्ण भए। नियमिततर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ उत्तीर्ण भए।
परीक्षानियन्त्रक खगराज बरालका अनुसार यस वर्ष दुई विषयमा अनुत्तीर्णलाई ५ नम्बर ग्रेस दिँदा पनि नतिजा गत वर्षको भन्दा ५.५९ प्रतिशतले घट्यो। गत वर्ष ४७.१६ विद्यार्थी उत्तीर्ण भएका थिए।
यसैगरी, एक्जाम्टेडतर्फ १ लाख ७ हजार २ सय २९ परीक्षार्थीमध्ये ८ हजार ३ सय १८ विद्यार्र्थी उत्तीर्ण भए। यस वर्ष नियमित र एक्जाम्टेड गरी कूल १ लाख ७६ हजार २ सय ५३ उत्तीर्ण भए भने ३ लाख ३४ हजार ९ सय १२ (५८.४३ प्रतिशत) अनुत्तीर्ण भए।
यसपालि छात्रतर्फ ४६.७८ र छात्रातर्फ ३६.१५ प्रतिशत उत्तीर्ण भए। गत वर्ष पनि छात्र नै बढी ४२.२६ प्रतिशत पास भएका थिए। सहभागिताको हिसाबले पनि बढी छात्र नै भएकाले उत्तीर्ण प्रतिशत पनि उनीहरुकै बढी भएको नियन्त्रक बरालको दाबी छ।
'हामीले परीक्षा बढी व्यवस्थित र मर्यादित बनाउने तयारी गरेका थियौं,' परीक्षानियन्त्रक बरालले नागरिकसँग भने, '५ नम्बर ग्रेस दिँदा मात्र १६ हजार विद्यार्थी थप उत्तीर्ण भए। नत्र नतिजा झन् घट्ने थियो। सबैभन्दा बढी सरकारी स्कुलका विद्यार्थी गणित, विज्ञान र अंग्रेजीमा अनुत्तीर्ण भएको उनले जानकारी दिए।

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...