Skip to main content

प्रिन्सिपल दम्पतीलाई पिट्दै प्रहरीमा बुझाइयो

१५ साउन, धरान । भारतको मणिपुरका नागरिकद्वारा घरान-१९ मा सञ्चालित इमानोयल इन्टरनेशनल स्कुलका प्रिन्सिपल कपिङ मारम र श्रीमती रेदिला मारमलाई प्रहरीले पक्राऊ गरेको छ । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको आरोपमा उनीहरुलाई स्थानीयवासीले प्रहरीको जिम्मा लगाएका हुन् ।
प्रिन्सिपल मारम र उनकी श्रीमती रेदिला मारमलाई स्थानीयवासीले कुटपिट गर्दै इलाका प्रहरी कार्यालयमा पुर्‍याएका हुन् । उनीहरुले सञ्चालन गरेको विद्यालयमा २४ जना छात्रा र र ३४ जना छात्रहरु अध्ययनरत छन् ।
विद्यालय सञ्चालक मारमद्वारा छात्रामाथि यौन दुब्र्यवहार गरेको उजुरीका आधारमा मारम दम्पत्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी चन्द्रदेव राईले बताउनुभयो ।

 औषधि खुवाएर छात्रामाथि यौनशोषण

धरानमा रहेको क्रिश्चयन  मिसनको एक विद्यालयका  प्रिन्सीपलले आफ्नै स्कुलका  छात्राहरुमाथि  चरम यौनशोषण गर्ने गरेको खुलासा भएको छ ।
rape_aankhadotcom1धरान १९ स्थित स्मानुएल इन्टरनेशनल  बोर्डिङ स्कुलका प्रिन्सीपल कपिङ मारामले छात्राहरुमाथि चरम यौन शोषण गरेको एक छात्राले  सोमबार खुलासा गरेकी हुन । माराम भारत सिक्कीमका नागरिक हुन् ।  यौनशोषणमा परेकी छात्राले  रहस्य सावजनिक गरेपछि प्रिन्सीपल मारम र उनकी श्रीमती रोदिलालाई प्रहरीले हिरासतमा लिएको छ ।
स्कुलको छााबासमा  आफु लगायत थुप्रै छात्रालाई प्रिन्सीपल मारामले यौनशोषण गर्दै आएको ती छात्राले बताएकी हुन । आफुभन्दा पहिला पनि एक छात्रामाथि यौनशोषणगरेको जानकारी आफुले पाएको तर डरका कारण  त्यसबेला कसौई भन्न नसकेको  उनले बताइन । उनले ती विद्यार्थी  बाहिरीएपछि  आफुमाथि पनि  सोहि व्यवहार गर्न थालेको तर डरले कसैलाई पनि  जानकारी नगराएको ती छात्राले बताइन  ।
उनले सधैजसो छात्राहरुलाई अध्यारो भएपछि  औषधि खुवाएर लट्ठ  बनाउने र यौनशोषण गर्ने गरेको खुलाईन । “ विद्यालयकै जोन नाम गरेका शिक्षकले एकप्रकारको लिक्विड दिने गरेको थियो । त्यो खाएपछि चेत नै हराउथ्यो,” उनले भनिन् “खाली राति राति मात्रै ल्याएर दिन्थ्यो । नाम केहो भन्ने पनि हेर्न पाइदैनथ्यो ।
तर, पीडित छात्राको भाईले प्रिन्सीपल मारामले यौनशोषण गरेको थाहा पाएपछि  दिदिमार्फत  सोमबार रहस्य  सार्वजनिक भएको हो । भाइ पनि सोहि स्कुलमा पढ्दै आएका छन । “भाइले थाहा पाएको रहेछ,” ती छात्राले भनिन्  “पछि दिदिहरुलाई सुनाएपछि  सबै कुुरा भनेकी हुँ” आजको राजधानीले लेखेको छ ।
स्कुलमा हाल २४ जना छात्रा  र ३४ जना छात्र छात्राबासमा बस्छन । स्कुलका प्रिन्सीपल मारामले  बिद्यार्थीलाई बन्धक बनाएर राख्ने  गरेको समेत खुलेको छ ।
११ बर्षीया एक छात्राले प्रिन्सीपल मारामले  संबेदनशील अंग र गुप्तांगमा समेत हात लगाउने गरेको  बताइन । “ उसले हरेक दिन छात्राहरुलाई  बोलाएर संवेदनशील अंगहरुमा हात लगाउने गरेको थियो” ती बालिकाले भनिन् त्यस्तै अर्की एक छात्राले पनि जहिल्यै राती आएर संबेदनशील अंगहरुमा  हात लगाउदै यौन दुव्र्यबहार गर्ने गरेको  बताईन । कसैलाई  पनि बाहिर जान नदिने  साथै विरामी भएपनि  उपचारका लागि औषधि  नदिने गरेको उनले गुनासो गरिन । “ जहिल्यै राति आएर  छाम छुम गथ्र्यो,” ती छात्राले भनिन् “प्रतिकार गर्दा मारिदिन्छु भन्दै धम्की दिन्थ्यो ।”
यसैबीच इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक  चन्द्रदेव राईले  घटनाको अनुसन्धान भइरहेको र दोषि पाइए कारबाही गरिने बताए । “अनुसन्धान नगरी बोल्न मिल्दैन,” उनले भने “दोषि पाइए कारबाहीको प्रक्रिया  अघि बढ्छ ।” उनले यौनशोषण भएको भन्ने  अभिभावकहरुले जानकारी गराएछि तत्कालै आरोपितहरुलाई पक्राउ गरिएको बताए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...