Skip to main content

बिद्यालयको लेखा परिक्षणको बारेमा थाहा छैन् अभिभावकलाई

अनमोल मकर धामी/डडेल्धुरा, साउन १२ गते ।
विध्यालयको लेखा परिक्षण कति बर्ष नभएको होला २ बर्ष ४ बर्ष । तर डडेल्धुराको एउटा सामुदायिक बिद्यालयमा ७ बर्ष देखी अभिभावकले लेखा परिक्षण बारे जानकारी नै पाएका छैनन् । 
 
डडेल्धुराको गाँखेत गाविसमा पर्ने उणीकोट माध्यामिक बिद्यालय गाँखेतमा ७ बर्ष देखी पुरानो लेखा परिक्षण बारेमा अभिभावकले केही थाहा नै नभएको पाईएको छ । आर्थिक बर्ष २०६२/६३ मा अभिभावकलाई थाहा हुने गरी लेखा परिक्षण गराइए पनि त्यस यताका आर्थिक बर्षहरुमा कुनै पनि लेखा परिक्षण नभएको हो । २०६२/६३ मा त थाहा थियो तर पछिल्ला बर्षमा भयो भएन् थाहा नभएको अभिभावकहरु बताउछन् । बिद्यालय स्रोतले आर्थिक बर्ष २०६६/६७ मा जिल्ला शिक्षा कार्यालय डडेल्धुरामा लेखा परिक्षण गराय पनि अभिभावकले भने आफुहरुले त्यस बारेमा जानकारी नै नपाएको बताएका छन् । बिद्यालय ले लेखा परिक्षण गरायको दाबी गरेको छ ।
 
तर त्यसरी गराइएको लेखा परिक्षण आफुलाई मान्य नहुने अभिभावकहरुको भनाई रहेको छ । आर्थिक बर्ष २०६६/६७ को लेखा परिक्षण भयपनि त्यस यताका आर्थिक बर्षहरु लेखा परिक्षण पनि नभएको बिद्यालय स्रोतले स्विकार गरेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...