Skip to main content

सिन्धुलीमा तीन दिने शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न


सिन्धुली, साउन १४ गते ।

वल्र्डभिजन ईन्टरनेशनल नेपाल, सिन्धुली क्षेत्रविकास कार्यक्रमको आयोजनामा गत विहिबार देखि सन्चालित कार्यशाला आज सम्पन्न भएको छ ।

सिन्धुलीका  सोल्पाठाना, बाहुनतिल्पूङ्ग, डुडभन्ज्याङ्ग, पोखरी, खाङ्गसाङ्ग, लाम्पानटार, खोलागाँउ, तोश्रामखोला गरी ८ वटा गाविसहरुमा शिक्षा सम्वन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्न पंचवर्षीय शिक्षा परियोजना निर्माण कार्यशालासंम्पन्न भएको हो । जिल्ला विकास समिति, सिन्धुलीका निमित्त स्थानीय विकास अधिकारी सुरेन्द्र थापा मगरको अध्यक्षतामा उदघाटन गरिएको कार्यशालामा जिविस सिन्धुलीका सामाजिक विकास अधिकृत सागर ढकाल, जिल्ला शिक्षा कार्यालय, सिन्धुलीका विद्यालय निरिक्षक नवराज बराल, नेपाल पत्रकार महासंघ, सिन्धुलीका सभापति मीनकुमार दाहाल, गैह्र सरकारी संस्था महासंघ, सिन्धुलीका अध्यक्ष सन्जय दाहाल, कार्यक्रम सन्चालित सम्बन्धीत गाविसका गाविस सचिबहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, बाल क्लब प्रतिनिधिहरु, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु गरि ५५ जनाको सहभागिता रहको थियो । कार्यशालाले शिक्षा सम्वन्धि विभिन्न परियोजना संचालन गर्न पंचवर्षीय कार्ययोजना निर्माण गरेको छ ।

कार्यक्रममा वल्र्डभिजन  ईन्टरनेशनल नेपाल, राष्ट्रिय कार्यालय काठमाण्डौका क्षेत्रीय व्यवस्थापक लालबहादुर पून, शिक्षा विशेषज्ञ रोहित प्रधान, योजना अनुगमन तथा मूल्याङ्गन विशेषज्ञ हेम घिमिरेले सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको  उद्धेश्यका बारेमा वल्र्डभिजन ईन्टरनेशनल नेपाल, सिन्धुली क्षेत्रविकास कार्यक्रम कार्यक्रमका प्रमुख लोकेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने संस्थाले हाल सम्म गरेको कार्यक्रमहरुका बारेमा ऋषि ढकालले जानकारी गराउनु भएको थियो ।


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...