Skip to main content

विद्यालय कर्मचारीले संचयकोष, उपदान पाउने कर्मचारीका लागि सर्भिस ‘ल’ तयार


काठमाडौं, १४ साउन । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले संचयकोष र उपदान रकम पाउने भएका छन् ।
शिक्षा मन्त्रालयले ५ देखि १० वर्ष सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष आधा महिना बराबरको, १० देखि १५ वर्ष सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष एकमहिना बराबरको र १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष डेढ महिना बराबरको पारिश्रमिक उपदान दिने गरी सर्भिस ‘ल’ बनाएको छ ।
मन्त्रालयले सर्वोच्च अदालतको आदेश बमोजिम सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको ग्यारेण्टीसहितको सर्भिस ‘ल’ बनाएको हो ।
सर्वोच्चले २०६७ माघ–२३ गते विद्यालय कर्मचारीको भविष्य अन्यौल र अनिश्चित हुन नदिन सेवा, सर्त तथा सुविधा उल्लेख भएको सर्भिस ‘ल’ को प्रतिवेदन ६ महिना भित्र बनाएर कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई निर्देशनात्मक आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि मन्त्रालयले शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीको संयोजकत्वमा समिति गठन गरेर ‘ल’ बनाएको हो ।
सर्भिस ‘ल’मा उल्लेख भए अनुसार पूर्णरुपमा काम गर्नेगरी नियुक्त विद्यालय कर्मचारीहरुले पारिश्रमिकवापत सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक बराबरको रकम पाउनेछन् । न्यूनत पारिश्रमिकको २० प्रतिशत संचयकोष पाउनेछन् ।
शिक्षा विभागका अनुसार, हाल सामुदायिक विद्यालयहरुमा पियन, लेखापाल, कम्प्युटर अपरेटर लगायतका पदमा करिब १८ हजार कर्मचारी कार्यरत छन् ।
नेपाल विद्यालय कर्मचारी युनियनले आज (सोमबार) काठमाडौमा पत्रकार सम्मेलन गरेर सर्भिस ‘ल’को कार्यान्वयनको माग गरेको हो । युनियनका अध्यक्ष सुरेन्द्रप्रसाद कानूले आफूहरुको सेवा, सर्त र सुविधाको ग्यारेण्टी गर्न सर्भिस ‘ल’ मा गरिएको व्यवस्था अनुरुप तत्काल शिक्षा ऐन र नियमावली संशोधन गरिनुपर्ने बताए ।
शिक्षा ऐन तथा नियमावलीले विद्यालय कर्मचारीको सेवा, सर्त तथा सुविधाको बारेमा केही नबोलेका कारण विद्यालय कर्मचारीहरु हालसम्म न्यून तलबमा काम गर्न बाध्य छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...