Skip to main content

बिद्यार्थी नपाए पछी गल्कोट क्षेत्रका उमाविहरुमा +२ सन्चालन गर्न कठिनाई

गल्कोट २०७० साउन १६ । गाँउगाँउमा सँचालित उच्च मा बि हरुबाट २०६९ सालको एस एल सी परीक्षामा अति न्यून बिद्यार्थी उत्तीर्ण भएका कारण उमावि सन्चालनमा कठिनाई भएको छ। कक्षा ११ पढाई सुरु भएको छ तर , बागलुङका ग्रामिण भेगमा सँचालित उमाबिहरुले ८/१० जना मात्र बिद्यार्थीलाई पढाउन बाध्य भएका छन्। गाँउका अभिभाबकले छाक कटाएर चन्दा सँकलन गरि चलाएका उमाबिहरु यतिबेला मारमा परेका छन् ।
शिक्षा प्रणाली सुधार नगरि परिक्षालाई मात्र मर्यादित बनाउने जिल्ला शिक्षा कार्यालयको कदमले यो समस्या परेको बिद्यालयका प्राचार्यहरु बताउछन्। अर्कोतिर एउटै गाबिसमा दुई ओटा सम्म उमाबि सन्चालन गरिदा पनि सन्चालनमा समस्या परेको छ।
बिगतका बर्षमा ११ कक्षामा डेढ दुई सय सम्म बिद्यार्थी भर्ना हुने गल्कोटको सबैभन्दा पुरानो गल्कोट उच्चमाबिमा अहिले २०/२२ जना बिद्यार्थी पढ्न आएको प्रार्चाय देबेन्द्र खत्रीले धौलाश्रीलाई बताए। त्यसमा पनि सबै भर्ना नभएकोले कति घट्ने हुन निश्चित छैन, प्राचार्य खत्री बताउछन्। त्यसै गरि गत बर्ष ५० जना बिद्यार्थी भर्ना भएको महेन्द्र उमाबि नरेठाँटीमा अहिले ८ जनाले मात्र पढिरहेको प्राचार्य शिब प्रसाद पाण्डे बताए ।
कक्षा ११मा विद्यार्थी नपाएर धेरै उच्चमाविहरुको दयनीय अबस्था छ । हिलको हरि उमाबिमा त एक जना बिद्यार्थीपनि कक्षा ११ मा भर्ना भएका छैनन् ।
‘एसएलसी परीक्षामा अतिनै कम पास भए, त्यसमा पनि अलि राम्रो प्रतिशत ल्याउने बिद्यार्थी शहर तिर लाग्छन र कतिपय एसएलसि पछि बिदेश जाने लहर चलेकोले माबिमा भन्दा +२ मा बिद्यार्थी सँख्या घटने गरेको पृथ्बी उ मा बि हरिचौरका प्रध्यानध्यापक बद्रि ढकाल बताउछन्। चन्दा सँकलन गरेर चलाएका +२ मा बिद्यार्थी घटेसँगै सँचालनमा कठिनाई’ भएको महेन्द्र उ मा बि नरेठाँटीका बि ब्य स अध्यक्ष बुल बहादुर के सीले बताए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...