Skip to main content

म्याग्दीका तीन विद्यालयलाई कम्प्युटर सहयोग

सन्तोष गौतम, म्याग्दी २०७० साउन ११ । असल छिमेकी नेपालद्धारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले तीन वटा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।
मुदीको चन्द्रज्योती मावि खिवाङ, मुनाको धौलागिरि निमावी र मराङको जनविकास निमावीलाई सहयोग गरेको हो । प्रत्येक विद्यालयलाई दुई/दुई वटा कम्प्युटर तथा एक/एक वटा प्रिन्टर सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ ।
बेनीमा संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका प्रतिनिधीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण गर्दै जिल्ला शिक्षा अधिकारी बिष्णुनारायण श्रेष्ठले सामानको सदुपयोग गर्ने सकेमा विद्यालयको प्रशासनीक कामकाजमा सहज हुनुका साथै शिक्षकहरुको क्षमता बढ्ने बताए ।
मराङ, मुदी, मुना, लुलाङ र गुर्जा गाविसका १९ विद्यालयमा सञ्चालित कार्यक्रम अन्तरगत यसअघि कम्प्युटर नपाएका तथा आवश्यकताको आधारमा यसपाली ३ वटा विद्यालयलाई सहयोग गरिएको परियोजनाका संयोजक जगदिश लोहारले जानकारी दिए । कम्प्युटर र प्रिन्टर उपलब्ध गराउन संस्थाले २ लाख ३९ हजार ८ सय ४२ रुपैया खर्च भएको जनाएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...