Skip to main content

सरोकारवाला जिम्मेवार नबन्दा पठनपाठन प्रभावित


मकवानपुर, १३ भदौ । शिक्षक आन्दोलनका कारण बन्द मकवानपुरका संस्थागत विद्यालयहरू खुलाउन सरोकारवालाहरू जिम्मेवार नबन्दा पठनपाठन प्रभावित भएको छ ।
चार दिनदेखि बन्द विद्यालयहरू खुलाउन केन्द्रीयस्तरमा भएको सहमति कार्यान्वयमा शिक्षकहरू असहमत भएपछि विद्यालय सञ्चालन हुन नसकेको हो । विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एनप्याब्सन मकवानपुरले विद्यालय खोल्ने प्रयास गरेको थियो । तर आन्दोलित शिक्षकहरूले केन्द्रीय निर्देशन आफूहरूप्रतिको धोका भएको भन्दै निर्देशनको प्रतिसमेत जलाएका छन् । आफूहरूले जिल्लाको अवस्था हेरेर आन्दोलन सुरु गरेकाले केन्द्रको निर्देशन कुनै हालतमा नमान्ने संयुक्त आन्दोलन संघर्ष समितिका प्रवक्ता सुदीप बर्ताैलाले बताउनुभयो ।
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (एनइस्टु) र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नेतृत्वमा कर्मचारी र चालक तथा सहचालकहरूसमेत आन्दोलनमा उत्रिएका छन् । जिल्लामा रहेका ७३ निजी बिद्यालय बन्द हुँदा करिब २१ हजार बिद्यार्थी प्रत्यक्ष मारमा परेका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...