Skip to main content

नियमविपरीत एक शिक्षकद्वारा दैनिक साढे दुई सय कापी परीक्षण

काठमाडौं, भदौ १३
 उच्च माध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा १२ र ११ को उत्तरपुस्तिका परीक्षण पारदर्शी नभएको खुलासा भएको छ । उत्तर पुस्तिका परिषद्ले निर्धारण गरेभन्दा बढी संख्यामा शिक्षकले दैनिक रूपमा परीक्षण गरेका कारण परीक्षण पारदर्शी हुन नसकेको हो । परिषद्ले एक दिनमा ५० ओटा मात्र कापी परीक्षण गर्ने मापदण्ड तय गरे पनि शिक्षकहरूले दैनिक ३ सय ओटासम्म परीक्षण गरिरहेका छन् ।
भक्तपुरको कौशलटारमा रहेको जनप्रिय कलेजमा शिक्षा संकायको उत्तरपुस्तिका परीक्षणमा एक शिक्षकले दैनिक २ सयदेखि २ सय ५० सम्म उत्तरपुस्तिका परीक्षण गर्दै आएको पाइएको छ । एउटै शिक्षकले धेरै संख्यामा उत्तरपुस्तिका परीक्षण गरेका कारण परीक्षण भएका अधिकांश उत्तर पुस्तिकामा त्रुटि फेला परेका छन् । परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले एकजना शिक्षकले दैनिक ५० भन्दा बढी संख्यामा उत्तरपुस्तिका परीक्षण गर्न नमिल्ने बताए । १२ कक्षाको उत्तरपुस्तिकाको समपरीक्षण गर्ने काम भएको बताउँदै नियन्त्रक अर्यालले भने, ‘उत्तरपुस्तिकामा त्रुटि र लापरबाही फेला परे परीक्षण गर्ने शिक्षकलाई कारबाही गर्ने छौं ।’ उत्तरपुस्तिका परीक्षणमा परिषद्का कर्मचारीले आङ्खm्ना नजिकका व्यक्तिलाई धेरै संख्यामा उत्तरपुस्तिका दिने गरेको आरोप स्रोतको छ ।
स्रोतका अनुसार, १२ कक्षाको उत्तरपुस्तिकामा भएको त्रुटिका कारण समपरीक्षणमा समस्या आएको छ भने ११ कक्षाको उत्तरपुस्तिका अहिले दैनिक रूपमा एक व्यक्तिले नियम भन्दा धेरै संख्यामा परीक्षण गर्दै आएका छन् । कक्षा १२ को विज्ञान संकायको परीक्षाको नतिजा साउनको अन्तिम साता प्रकाशित भए पनि व्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाको नतिजा प्रकाशित हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले भदौको अन्तिम सातासम्म तीनै तहको परीक्षाको नतिजा प्रकाशित गर्ने गरी कामलाई अगाडि बढाएको जनाएको छ । परिषद्ले प्रत्येक उत्तरपुस्तिका परीक्षण गर्दा ५० पूर्णांकका लागि १८ रुपैयाँ र १ सय पूर्णांकका लागि २५ रुपैयाँ दिने गर्दछ ।
परिषद् स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्ने शिक्षकलाई कालोसूचीमा राखिएको छ । उत्तरपुस्तिका परीक्षण गरेका शिक्षकका अनुसार उत्तरपुस्तिका परीक्षण भएका केन्द्रमा अनुगमन गर्दा परीक्षणमा अनियमितता भएको र प्रभावकारी रूपमा परीक्षण हुन नसकेको पाइन्छ । विद्यार्थीले निकै मेहनतका साथ अध्ययन गरेर दिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्य प्रभावकारी हुनुपर्नेमा परिषद्ले नतिजा चाँडै प्रकाशित गर्ने भन्दै एक व्यक्तिलाई नियम मिचेर धेरै संख्यामा परीक्षण गर्न दिएको स्रोतले बतायो । त्यस्तै, उच्च माध्यमिक शिक्षा परिषद्को लापरबाहीका कारण हजारौं विद्यार्थी उच्च शिक्षा अध्ययनको समस्यामा परेका छन् । परिषद्ले १२ कक्षाको व्यवस्थापन, मानविकी र शिक्षा संकायको नतिजा समयमा प्रकाशित नगरेका कारण हजारौं विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा समस्या परेको हो । परिषद्ले १२ कक्षाको परीक्षा १७ वैशाखमा लिएको थियो । परीक्षा लिएको पाँच महिना बितिसक्दा पनि परीक्षाको नतिजा परिषद्का पदाधिकारी र कर्मचारीबीचको विवादका कारण प्रकाशित हुन नसकेको हो । गत वर्ष २८ साउनमा नतिजा प्रकाशित भएको थियो ।
कक्षा १२ मा नियमिततर्फ २ लाख ४२ हजार ३ सय २४ र आंशिकतर्फ १ लाख ५५ हजार ७ सय ९१ जनाले परीक्षा दिएका थिए । तर, परीक्षाको नतिजाको पर्खाइमा बसेका विद्यार्थी र अभिभावक परिषद्ले समयमा परीक्षाफल प्रकाशित नगरेका कारण उच्च शिक्षा अध्ययनका लागि विदेशमा जान समस्या भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा नियन्त्रकबाट अर्याललाई हटाउन निर्देशन दिए पनि परिषद्का अधिकारीले बेवास्ता गर्दै आएका छन् ।
परिषद््का उपाध्यक्ष डा. हेमकुमार मिश्र र सदस्य सचिव भीमलाल गुरुङ अख्तियारको निर्देशनलाई अवज्ञा गरेका कारण अर्याल कायम मुकायम नियन्त्रकको जिम्मेवारीमा छन् । नियन्त्रक अर्यालले नतिजा प्रकाशित गरेपश्चात् नियन्त्रक पद छाड्नुपर्ने चर्को दबाब परेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परिषद् स्रोतले बतायो । नियन्त्रक र परिषद्का उच्च अधिकारीको लापरबाहीका कारण हजारौं विद्यार्थीले समयमा परीक्षाको नजिता नपाएका हुन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...