पर्वत, भदौ १२ । दृष्टिविहिनहरुका लागि जिल्लाको सदरमुकाम कुश्माबजारमा ब्रेललिपी सम्वन्धी सातदिने तालिमको सुभारम्भ भएको छ ।
जिल्ला शिक्षा कार्यालयको संयोजन र प्लान नेपालको आर्थिक सहयोगमा सो तालिम बुधबारबाट सुरु भएको हो । ३२ जनाको सहभागिता रहको तालिममा एबाकस, ब्रेललिपि सम्वन्धी चिन्हहरु, गमनशिलता(सुरक्षित तरिकाले हिड्डुल गर्न सक्ने बनाउने) सम्वन्धी विषयमा तालिम दिइने बताइएको छ । जनता धन उमाविका श्रोत शिक्षक गुरुप्रसाद पौडेलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका उपसचिव कुश्मराज उपाध्याय, विद्यालय निरीक्षक कृष्ण आचार्य लागायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सालिजा उमाविका श्रोत शिक्षक पूर्णहरी रेग्मीले र प्रशिक्षण भरत रेग्मीले गर्नुभएको थियो ।