Skip to main content

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

रौतहट, भदौ १३ - छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा रौतहटको गौर ८ मा रहेको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन ।

गौर ८ मा रहेको इन्टरनेशनल बाल एकेडेमीका शिक्षक कामेश्वर साह पक्राउ परेका हुन ।
साहले कक्षा ५ मा अध्यनरत छात्राहरुलाई पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै अभिभावकहरुले साहलाई समातेर प्रहरीको जिम्म लगाएका हुन् ।
शिक्षक साहले आफ्नै विद्यालयमा अध्यनरत ११–१२ वर्षका बालिकाहरुलाई गलत नियतका साथ समाउने, शरीरका विभिन्न अङहरु चलाउने तथा चुम्बन गर्ने गरेको बालिकाहरुले आफ्ना अभिभावकलाई जानकारी गराएका थिए ।
आफ्ना छोरीहरुमाथि यौन दुर्व्यवहार हुने गरेको थाहा पाएपछि आक्रोशित अभिभावकको समूह विद्यालयमा पुगेका थियो । अभिभावकहरु आएपछि विद्यालयका प्रधानाध्यापकले आरोपी शिक्षक साहलाई विद्यालयबाट निकाल्दै प्रहरीलाई खबर गरेका थिए ।
“विद्यालयमा भएको घटनाले स्तब्ध छु”, प्रधानाध्यापक सन्तोष पौडेलले भन्नुभयो “दोषीलाई हदैसम्मको कारवाहीको लागी सहयोग गर्ने छु ।”

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...