Skip to main content

शैक्षिक उन्नतीका लागि विद्यालय र गाउँमा पुस्तकालय स्थापना हुनु आवश्यक


सन्तोष गौतम, म्याग्दी २०७० भदौ १५ । छटौ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शनिबार बेनीमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा बेनीमा प्रभातफेरी, पुस्तकालय विकास सम्बन्धि अन्तरक्रिया र जिल्ला कारागार शाखाका कैदी बन्दीहरुलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो ।
दिवसको अवसरमा म्याग्दी सामुदायिक पुस्तकालय, गाजा युवा क्लब र जिल्ला पुस्तकालय सञ्जालले संयुक्त रुपमा बेनीमा आयोजनामा भएको अन्तिरक्रिया कार्यक्रमका सहभागिले शैक्षिक विकासका लागि पुस्तकालय स्थापना, व्यवस्थापन र दिगो सञ्चालनको आवश्यकतामा जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माले समाजको शैक्षिक उन्नतीका लागि सबै विद्यालय र गाउँमा पुस्तकालय स्थापना हुनु आवश्यक रहेको भन्दै स्थापित पुस्तकालायलाई व्यस्थित बनाउनुपर्नेमा जोड दिए ।

म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलको अध्यक्षता, गाँजा युवा कल्वका म्याग्दी प्रमुख हरिकृष्ण गौतमको सञ्चालन र पुस्तकालयकी उपाध्यक्ष तिर्थकुमारी श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरज केसी र जिल्ला पुस्तकालय सञ्जालका अध्यक्ष भक्त कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।
अन्तरक्रिया अघि बेनीमा विभिन्न कार्यालय प्रमुख, नागरीक समाज, संघ संस्थाका प्रतिनिधी, शिक्षक र विद्यार्थीहरुको सहभागीतामा प्रभातफेरीको समेत आयोजना गरिएको थियो । यसैगरी पुस्तकालय दिवसको अवसरमा जिल्ला कारागार शाखा म्याग्दीका कैदीबन्दीलाई म्याग्दी सामुदायीक पुस्तकालयले दुई थान भलीबल, एक थान नेट र एक थान शब्दभण्डार पुस्तक उपलब्ध गराएको छ ।
प्रजिअ चन्द्रबहादुर कार्की, स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्मा, सहायक प्रजिअ तुलसीराम भण्डारी, प्रहरी नायव उपरीक्षक कृष्णबहादुर पल्लीमगर, नागरिक समाजका संयोजक सुर्दशनुकमार श्रेष्ठ लगायतले कैदीबन्दीका चौकीदार गोविन पुनलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए । 
source:ebaglung.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...