Skip to main content

गाउँमै एसएलसी परीक्षा केन्द्र माग

तनहुँ- एसएलसी परिक्षा केन्द्र पायक नपरेको भन्दै जिल्लाका देवघाट, छिपछिपे, कोटा र देउराली गाविसका बासिन्दाले गाउँमा परिक्षा केन्द्र स्थापनाका लागि माग गरेका छन्। चार गाविसका राजनीतिक दल, प्रधानाध्यापक, शिक्षक, अभिभावकसहितको टोलीले देवघाटमा एसएलसीको परीक्षा केन्द्र कायम गर्न माग गरेका हुन्।
जिल्लाका दुर्गम गाविसका रुपमा रहेका छिपछिपे,कोटा र देउराली गाविसका विद्यार्थीलाई परिक्षाका लागि आँबुखैरेनी झर्दा धेरै खर्च लाग्ने गरेको र आवतजावतमा समेत समस्या भएको शिवराज पौडेलले बताए। 'टाढा जानुपर्दा यस भेगका विद्यार्थीलाई आर्थिक भौतिक र सामाजिक समस्या भोग्न बाध्य छन्।' उनले भने, 'गाउँमा परिक्षा केन्द्र स्थापना भए, विद्यार्थीलाई निकै सजिलो हुने थियो।' 
कोटा, छिपछिपे, देउराली र देवघाट गाविसमा सञ्चालित ८ माध्यमिक विद्यालयका विद्यार्थीले २०५५ र २०५६ सालमा देवघाटस्थित कालिका उच्च माध्यमिक विद्यालयबाट एसएलसीको परिक्षामा सहभागि भएका थिए। शान्ति सुरक्षाका कारण देखाउँदै २०५७ सालदेखी आँबुखैरेनी स्थित रामशाह उच्च माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको एसएलसी परीक्षा केन्द्र २०६३ सालदेखी पुनः देवघाटमै सारिएको थियो।
'२०६७ सालदेखी पुनः परिक्षा केन्द्र आँबुखैरेनीमा सारियो' बज्रयोगिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिप्रसाद घिमिरेले भने, 'अहिलेको अवस्थामा पनि परिक्षार्थीले परिक्षा दिन सास्ती व्यहोर्नु परेको छ।' ४ गाविसका प्रतिनिधीले बिहीबार प्रमुख जिल्ला अधिकारी एवं माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका अध्यक्ष शंकरप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउँदै देवघाटमै एसएलसी परिक्षा केन्द्र स्थापनाका लागि माग गरे। 
परीक्षा नियन्त्रण कार्यालयको निर्देशिका अनुसार एसएलसी परिक्षा मर्यादित हुने स्थानमा परिक्षा केन्द्र स्थापना गर्न सकिने जिल्ला शिक्षा अधिकारी एवं जिल्ला परिक्षा समन्वय समितिका सदस्य सचिव हरि गौतमले बताए। 'परीक्षा मर्यादित हुने स्थानमा परीक्षा केन्द्र सञ्चालन गर्न सकिन्छ,' उनले भने, 'जिल्ला परिक्षा समन्वय समितिको बैठक बसेर त्यस विषयमा निर्णय गरिन्छ।'

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...