Skip to main content

३० विद्यालय गाभ्ने तयारी

२०७० भाद्र १३ बिहिबार
नुवाकोट - जिल्ला शिक्षा कार्यालय नुवाकोटले जिल्लाका ३० विद्यालयलाई नजिकैको विद्यालयमा गाभ्ने तयारी गरेको छ। विद्यार्थी संख्या कम भएका विद्यालयलाई अर्को विद्यालयमा गाम्ने तयारी भएको शिक्षा कार्यालयले जनाएको छ। चार वर्षदेखि विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई शिक्षा कार्यालयले कार्यदल बनाएर गाभ्ने तयारी गरेको हो। कार्यदलमा स्रोत केन्द्रका स्रोतव्यक्ति र शिक्षा कार्यालयका प्रतिनिधि छन्। विद्यालयको अवस्था स्थलगत निरीक्षण गरेर प्रतिवेदन आएपछि गाभ्ने जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्कीले जानकारी दिए। तर, नगरपालिकाभित्र न्यून विद्यार्थी रहेका विद्यालयलाई भने भदौ अन्तिम साताभित्र गाभ्ने निर्णय गरिने कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार रातमाटे स्रोत केन्द्रअन्तर्गत दीपज्योति प्रावि दुईपीपललाई ईन्द्रेश्वर निमाविमा, गणेश प्रावि रातमाटेलाई महादेव उच्च माविमा गाभ्ने तयारी भएको छ। त्यस्तै उज्ज्वल प्रावि जिलिङलाई महादेवखर्क उमाविमा गाभ्न लागिएको छ। थानापाति स्रोत केन्द्र मातहतका पञ्चकन्या प्रावि थानापतिलाई जनज्ञाननिकेतन उच्च माविमा, भूमेस्थान प्रावि समुन्द्रादेविलाई कालिका माविमा र क्षेत्रपाल भूमे प्राविलाई समून्द्र उच्च माविमा गाभ्ने तयारी छ। बेलकोट स्रोत केन्द्रअर्न्तगत क्षेत्रपाल प्रावि मदानपुरलाई चण्डादेवी मावि, सप्तकन्या प्रावि मदानपुरलाई शक्ति उच्च मावि र पञ्चकन्या प्राविलाई भृकुटी मावि बेलकोटमा गाभ्ने तयारी शिक्षा कार्यालयको छ। त्यस्तै हल्दे स्रोत केन्द्रअन्तर्गत चण्डेश्वरी प्रावि चौघडालाई इन्द्रायणी निमाविमा र सिद्धिगणेश प्रावि गणेशस्थान र महेन्द्रोदय प्रावि चौघडालाई पायक पर्ने ठाउँमा गाभ्ने तयारी भएको कार्यालयले जनाएको छ। सुन्दरादेवी स्रोत केन्द्रअन्तर्गत जनज्ञान प्राविलाई सुन्दरादेवी निमाविमा, पशुपति प्रावि थप्रेकलाई पुष्पलाल स्मृति प्राविमा, कमारुदेवी प्रावि पञ्चकन्यालाई सिंहदेवी प्राविमा गाभिने भएको छ। त्यसैगरी समुन्द्रटार स्रोत केन्द्रअन्तर्गत चक्रेश्वर प्राविलाई रुक्मिणी मावि, भूमेस्थान प्राविलाई बालकटुन्जे प्रावि र सामुदायिक प्रावि बेतिनीलाई अर्जुन प्रावि बेतिनीमा गाभ्ने तयारी छ।
यस्तै, तुप्चे स्रोत केन्द्रअन्तर्गत परोपकार प्रावि मनकामनालाई कालिका निमावि फिकुरी, श्रमदेवी प्रावि गेर्खुलाई कालिका मावि, मदनपुन्ज प्रावि गेर्खुलाई महारानी प्रावि, दूधेलामा प्रावि गेर्खुलाई रामचन्द्र निमावि बेत्रावती, च्याम्पेश्वर प्रावि फिकुरीलाई चन्द्रज्योति प्रावि फिकुरी र भुमेदेवी प्रावि मनकामनालाई भूमेस्थान प्रावि मनकामनामा गाभिने भएको छ। लिखु स्रोत केन्द्रअर्न्तगत सीताराम प्रावि तलाखुलाई हिले प्रावि, रक्तकाली प्रावि सिक्रेलाई शिवपुरी एकता निमावि, चन्द्रभुमे प्रावि सिक्रेलाई पायक पर्ने ठाउँमा गाभ्ने तयारी छ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...