Skip to main content

एकै बिद्यालयका ७ जना उमेद्वार सिफारिस


बिराटनगर, असोज १० – मोरङको एक बिद्यालयका शिक्षक र ब्यवस्थापन समितिका गरी ७ जना बिभिन्न पार्टीबाट सभासद्का लागि सिफारिस भएका छन् ।
पथरीको पञ्चायत माध्यामिक बिद्यालयबाट प्रधानाध्यापक चण्डी राई र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देबराज भण्डारी प्रत्यक्षमा सिफारिस भएका छन् । राईलाई नेकपा एमालेले र भण्डारीलाई एकीकृत नेकपा माओवादीले मोरङ क्षेत्र नं. २ का लागि प्रत्यक्षमा सिफारिस गरेको हो ।
त्यस्तै बिद्यालय ब्यवस्थापन समितिका सदस्य रामबहादुर बस्नेतलाई एमालेले दोश्रो नम्बरमा राखेर प्रत्यक्षमा सिफरिस गरेको हो । त्यस्तै कृष्णाकुमारी राईलाई एमालेले नै  समानुपातिकमा सिफरिस गरेको छ । समितिका सदस्य वीरबहादुर बस्नेत र गणेश खड्कालाई नेपाली कांग्रेसले समानुपातिकबाट सिफारिस गरेको छ ।
शिक्षक नेता तथा बिद्यालय ब्यवस्थापन समितिका सदस्य दिनानाथ तिम्सिनालाई एकीकृत नेकपा माओवादीले समानुपातिकबाट उम्मेदवार सिफारिस गरेको छ ।
source: http://ujyaaloonline.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...