विजय थापा भर्जिनिया ,असोज ७-अमेरिका नेपाल महिला संघ ,बृहत वाशिंगटन डिसीको आयोजनामा म्यारिल्याण्डको एक बिद्यालयको आगनमा नेपालमा रहेका दलित ,गरिब तथा असहाय बालबालिकाहरुको शिक्षाको लागि यार्ड सेल (आँगन बिक्रि ) को आयोजना गरिएको छ । बर्षको दुई पटक यार्ड सेल गर्ने गरेको जानकारी संस्थाकी अधक्ष्य बिष्णु कुमारी थापाले दिईन भने पुर्व अधक्ष्य माधवी कार्कीले जे जति बिक्रि भए पनि यो पैसाले नेपालका बाल बालिकाहरुको शिक्षाको लागी गरिएको हो भनिन । यसै गरि अन्य समितिका सदश्यहरुले पनि आफु संग रहेको सामग्री जुटाई प्रयोग गरेका मात्र नभै प्रयोग मै नआएका नया सामग्रीहरु पनि निम्न दरमा बिक्रि गरि आएको सानो रकमले शिक्षाको उज्यालोबाट बालबालिका बन्चित नहुन् र आफुले गर्न सक्ने समाज सेवा यहि हो भन्दै कार्यक्रममा आफु सहभागी हुन् पाउदा हर्ष लागेको बताएका छन् । बेच बिखनका लागि वस्त्र ,बाल बालिकाहरुका लागि सामग्री तथा बिभिन्न प्रकारका बिबिध सामग्री राखिएको थियो । समाज सेवा ठुलो धर्म हो भन्दै अमेरिका नेपाल महिला संघको यो परियोजनालाई निरन्तरता दिने जानकारी गराईएको छ । उक्त आँगन बिक्रि कार्यक्रम बिहान ८ बजे देखि दिउसो २ बजे सम्म राखिएको थियो source: http://www.ratopati.com)
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...