Skip to main content

सामुदायिक विद्यालय सुधारका लागि प्रा.डा.कोईरालाका आठ विकल्प


बागलुङ, २०७० असोज १४ । बागलुङ जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुका साथै कमजोर नतिजा आएको भन्ने व्यापक टिप्पणी भैरहेको बेला शिक्षाविद प्राध्यापक डा विद्यानाथ कोईरालाले सामुदायिक विद्यालय सुधारका लागि आठ विकल्प प्रस्तुत गरेका छन ।
जिल्ला शिक्षा कार्यालय बागलुङ, चारतारे युवा क्लव, सेतो गुँरास बालविकास केन्द्र लगायत शिक्षासँग सरोकार राख्ने संघ संस्थाको संयुक्त आयोनजामा सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत शिक्षकले चाहेमा गर्न सक्छन’ विषयक मूल्याङ्कन कार्यक्रममा डा कोईरालाले यी ८ विकल्पहरु प्रस्तुत गरेका हन् ।
प्राडा कोईरालले सामुदायिक विद्यालयको शैक्षिक वातावरण, व्यवथापकीय पक्ष लगायतका चौतर्फि विकासको ख्याल राखी शिक्षकले गर्न सक्ने विकल्पमा पढाईलाई जीवन र जीविकासँग जोड्नुपर्ने, सवै विचारहरुलाई न्याय गर्ने, शिक्षक पहिले पेशाकर्मी बन्नुपर्ने, भाषिक सहअस्तित्व कायम गर्नुेपर्ने लगायतका विकल्प कार्यक्रममा प्रस्तुत गरेका थिए ।
शिक्षकले चाहेमा यो पनि गर्न सकिन्छ विषयक अवधारण पत्रमा उनले अभियानका क्रममा सुनेका र खेपेका जिज्ञासालाई मेटाउँदै शिक्षकले शैक्षिक सुधारको लागि दलिय बने पनि हराम नबन्ने, जनप्रविधि र आधुनिक प्रविधि जोड्ने स्वम्मानित बन्ने, आफना औजार आफै खोज्ने, आफै तिखार्ने जस्ता प्राविधिक तथा व्यवथापकीय काम गर्न शिक्षकहरुलाई सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै शिक्षा विभागका निमित्त सचिव महाश्रम शर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार स्थानीय स्तरबाटै सुरुवात गर्नुपर्नेमा जोडदिएका थिए । शिक्षालाई बालमैत्री र प्रयोग योग्य बताउन स्थानीय श्रोत र साधानको प्रयोग गर्न सके सिकाई दिगो र व्यवहारीक हुने शर्माको भनाई थियो ।
सो अवसरमा बागलुङका ६ नमुना विद्यालयको बारेमा तयार गरिएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।
Source: www. ebaglung .com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...