Skip to main content

शिक्षकको हप्काइ खाएकी एक छात्रा तीन दिनदेखि बेपत्ता


पोखरा, आश्विन ९ - एकै विद्यालयमा अध्ययन गर्ने छात्रछात्राबीच भएको प्रेम सम्बन्धको विषयमा शिक्षकको हप्काइ खाएकी एक छात्रा तीन दिनदेखि बेपत्ता छिन् । कास्कीको पुरुन्चौर गाविस घर भई हाल पोखराको बगरमा बस्दै आएका नवराज गौतमकी १६ वर्षीया छोरी अश्लेषा गौतमको गत आइतबार साँझदेखि अत्तोपत्तो छैन ।
पोखराको सिम्पानीमा सञ्चालित करुणानिधि उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने छात्रा अश्लेषाले आफ्नै सहपाठी एक छात्रसँग कोठामा गफ गरिरहेको बेलामा त्यहाँका एक शिक्षकले गाली गरेको र त्यसपछि हिँडेकी उनी घर नफर्केको उनका अभिभावक ऋषि गौतमले बताए । बेपत्ता छात्रा अश्लेषाको पोखराको सेती नदीस्थित गाईघाटको बगरमा झोला, टाइ र जुत्ता भेटिएको अभिभावकले बताएका छन् । अभिभावकले आज यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयको हेलचक्र्याइँबाट छोरी गुमाउनु परेको भन्दै तत्काल खोजी गरिदिन विद्यालय प्रशासनसँग माग गरेको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...