Skip to main content

उत्कृष्ट पुस्तकालयमै पुस्तक पढ्न पाउँदैनन् विद्यार्थी


पर्वत, असोज १४  गते ।
पर्वतको थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालय धौलागिरीकै उत्कृष्ठ पुस्तकालय भएको घोषणा गरिएपनि अहिलेसम्म विद्यार्थीहरुले सजिलैसंग पुस्तकालय प्रयोग गर्न पाएका छैनन् ।
पुस्तकालयमा राखिने पुस्तकहरु धेरै भएपनि भवनको अभावका कारण विद्यार्थीहरुलाई समस्या भएको पुस्तकालयका गणेश पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्ययमबाट पुस्तकालयको समस्याको बारेमा बाहिर आएपनि सम्बन्धित निकायको चासो नपुग्दा विद्यार्थीहरुले सजिलै पुस्तकालय प्रयोग गर्न नपाएका पौडेलले बताउनुभयो ।
पुस्तकालयमा पुस्तकहरु थप्ने काम सवैले गरेपनि थपिएका पुस्तकहरु राख्ने ठाउँनै नभएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद शर्माले बताउनुभयो ।
२०६६ सालबाट रुम टु रिड, जिल्ला शिक्षा कार्यालय तथा विद्यालयकै सक्रियतामा स्थापना भएको पुस्तकालयमा अहिले पुस्तकालय प्रमुखको सहयोगमा  २१ जना विद्यार्थीहरु सक्रिय रुपमा पुस्तकालय साथीको रुपमा कार्यरत छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...