काठमाडौँ, १४ असोज । इजरायल सरकारले कृषि तथा वन विश्वविद्यालय, रामपुर चितवनका पाँच विद्यार्थीलाई जेरुसेलमको हिब्यु्र विश्वविद्यालयमा सन् २०१३–१४ का लागि स्नातकोत्तर तह अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको छ ।
सो छात्रवृत्ति पाउने विद्यार्थी आज जेरुसेलमतर्फ प्रस्थान गरिसकेका छन् । छात्रवृत्तिअन्तर्गत प्रत्येकलाई २८ हजार अमेरिकी डलर प्रदान गरिएको इजरायल दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इजरायलले यसअघि सन् २०१२ मा तीन र सन् २०११ मा चार नेपालीलाई छात्रवृत्ति प्रदान गरी जेरुसेलमका विभिन्न विश्वविद्यालयमा पठाएको थियो । रासस