Skip to main content

नयाँ र पुराना परीक्षार्थीलाई एउटै प्रश्नपत्र


काठमाडौं, १३ असोज त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण मानविकी संकायको स्नातक तहको प्रथम वर्षका परीक्षार्थीलाई परीक्षा दिन समस्या परेको छ । आइतबार सञ्चालन भएको अनिवार्य नेपालीको परीक्षाको प्रश्नपत्र नयाँ र पुराना विद्यार्थीका लागि एउटै आएका कारण परीक्षार्थी दोधारमा परेका हुन् ।
अनिवार्य नेपाली विषयको २०१ कोड नम्बरको प्रश्नपत्रमा नयाँ र पुराना विद्यार्थीले उत्तर लेख्न सक्ने उल्लेख गरिएको छ । पनिकाका सहायक परीक्षा नियन्त्रक शंकर भण्डारीका अनुसार विद्यार्थीले नयाँ तथा पुरानो जुनसुकै कोर्सबाट पनि उत्तर लेख्न सक्ने बताए । ‘नियमित तथा पुराना विद्यार्थीले दुवै कोर्सबाट उत्तर लेखेका छन्, पनिकाले त्यसलाई मान्यता दिनेछ,’ उनले भने । त्रिविको शैक्षिक क्यालेन्डरअनुसार परीक्षा सञ्चालन नहुनु र नतिजा पनि प्रकाशन नभएका कारण समस्या आएको पनिकाले जनाएको छ । उसले शैक्षिक क्यालेन्डलाई चाँडै लागू गर्ने तयारी भएको जनाएको छ ।
यसअघि हालै सम्पन्न स्नातक तहको परीक्षामा अर्थशास्त्रको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएका कारण पुनः परीक्षा लिने पनिकाले सार्वजनिक गरिसकेको छ । आइतबार भएको परीक्षामा मुलुकभर एकै प्रकारका प्रश्नपत्र वितरण भएको उपनियन्त्रक भण्डारीले बताए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...