Skip to main content

दृष्टिविहीन स्रोत कक्षालाई सहयोग हस्तान्तरण


 म्याग्दी ,  कात्तिक ८ । म्याग्दीको राखु पिप्ले मौवाफाँटमा रहेको ज्ञानोदय माविद्धारा सञ्चालित दृष्टिबीहिन स्रोत कक्षालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
भदौ २ गते हङकङमा आयोजना भएको सांस्कृतीक कार्यक्रम मार्फत बचत भएको ३३ लाख रुपैया मध्य दृष्टिबिहिन स्र्रोत कक्षालाई ११ लाख रुपैया उपलब्ध गराइएको हो । यसअघि बगुवाखोलाको बालजागृती प्राबिमा सञ्चालित बौद्धीक आपङ्गता स्रोत कक्षालाई ११ लाख रुपैया उपलब्ध गराइसकेको मोना हङकङले सिंगाको बहिरा स्रोत कक्षालाई पनि ११ लाख रुपैया सहयोग गर्ने जनाएको छ ।
सो रकम स्रोत कक्षाका विद्यार्थीको भरण भोषण र पुर्वधार निर्माणका लागि खर्च गर्ने गरि सम्बन्धित विद्यालयका प्रअ, मोना म्याग्दीका अध्यक्ष र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधीको हस्ताक्षरमा सञ्चालन हुनेगरि अक्षयकोषको रुपमा स्थापना गरिएको छ ।
मोना म्याग्दीका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता, सदस्य रमेश गिरीको सञ्चालन र ज्ञानोदय माविका विद्यालयका प्रअ निलकण्ठ शर्माको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोना हङकङका अध्यक्ष दल शेरपुञ्जाले सहयोग रकमको सदुपयोग गर्न आग्रह गर्दै यसबाट फरक क्षमत्ता भएका बालबालिकाको शिक्षामा पहुँच वृद्धी हुने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा ज्ञानोदय मोनाका संस्थापक प्रकाश पुन, माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुवेदी, स्थानीय अगुवा बालकृष्ण सुवेदी, गाविस सचिव दयाराम पौडेल, मोना युकेका सल्लाहकार दुतबहादुर गर्बुजा, मोना युकेका बरिष्ठ उपाध्यक्ष कमल पुर्जा र एनआरएन बेलायतका महासचिव योगकुमार फगामीले मन्तव्य व्यक्त व्यक्त गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...