Skip to main content

दुर्गमको विद्यालयमा कम्प्युटर कक्षा -


खोटाङ, कार्तिक ५ – खोटाङको बाकाचोलस्थित जालपा माबि बादेलमा कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको छ । बादेल नेपाल फ्रान्सकी अध्यक्ष जानेक मुहायरको आर्थिक सहयोगमा बिकट गाउँको विद्यालयमा कम्युटर कक्षा सञ्चालनमा ल्याइएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गाबिसमा सञ्चालित प्रस्ताबित माबिमा ३ वटा कम्प्युटर र एक वटा फोटोकपी मेसिन सञ्चालनमा ल्याइएको प्रस्ताबित जालपा माबि सरोकार समितिका अध्यक्ष टिकाराम पुरीले जानकारी दिनुभयो ।
गाउँमा पहिलोपल्ट सञ्चालनमा ल्याइएको कम्पयुटर हेर्नका लागि स्थानीयबासिन्दाको भीड लागेको थियो । कम्युटर शिक्षाको बिकासकालागि कम्युटर कक्षाको व्यवस्था मिलाइएको मुहायरले दोभाषेको सहयोगमा बताउनुभयो । भ्रमणका सिलसिलामा सन् २००९ मा पहिलोपल्ट बादेलमा आइपुगेकी मुहायरले ‘ठूला विद्यार्थी बेञ्चमा र साना विद्यार्थी भुईमा’ बसेको देखेपछि विद्यालयमा फर्नीचरको व्यवस्थापन गरेर फर्कनु भएको थियो ।
मुहायरको १० हजार रुपैयाँ आर्थिक सहयोगमा साना कक्षाका विद्यार्थीकालागि डेस्क र बेञ्च निर्माण गरिएको थियो । बादेल भ्रमणपछि फ्रान्स फर्किएका मुहायरले बादेल नेपाल नामक संस्था स्थापना गरी विद्यालयलाई सहयोग गर्दै आएको शिक्षिका तिलाकुमारी पुरीले बताउनुभयो । यसअघि उहाँले विद्यालयको भवन निर्माणका साथै छाना हाल्न सहयोग गरिसक्नु भएको छ । मुहायर सहयोगीका साथमा हालसम्म ७ पटक बादेलमा आईसक्नु भएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...