Skip to main content

यसवर्ष चिकित्साशास्त्रको नोबेल पुरस्कार ३ जनालाई


असोज २१ – यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार ३ जना वैज्ञानिकले संयुक्त रुपमा पाएका छन् ।
कोष भित्र रहने भ्याकुओलले कसरी आवश्यक पदार्थहरु सम्बन्धित ठाउँमा पुर्‍याउँछ भन्ने कुरा पत्ता लगाएबापत उनीहरुलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार पाउनेमा २ अमेरिकी नागरिक जेम्स रोथमन र र्‍यान्डी चेकम्यान रहेका छन् भने अर्का जर्मन नागरिक थोमस सुड्होफ रहेका छन् । उनीहरुले कोषमा हुने तरल पदार्थले भरिएको भ्याकुओलले शरीरमा आवश्यक पर्ने पदार्थहरु जहाजले जस्तै निश्चित ठाउँमा ओसार्ने कुरा पत्ता लगाएका थिए ।
यस अध्ययनले मस्तिष्कले कसरी सूचना आदान प्रदान गर्छ, कसरी हर्मोनहरु उत्पादन हुन्छ र रोग प्रतिरोधात्मक प्रणालीले कसरी काम गर्छ भन्ने विषयका बारेमा पनि महत्वपूर्ण जानकारी समेटेको छ ।
पुरस्कार वितरण समितिका अनुसार यस अध्ययनले शरीरमा कुनै पनि पदार्थ आवश्यक भएको निर्देशन पाए लगत्तै कसरी कोषभित्र तथा बाहिर समयमै ती कुराहरु पुग्छन् भन्ने थाहा पाउन सकिने बताएको छ । मधुमेह तथा मष्तिस्कमा आउने विभिन्न समस्या समाधानका लागि यो अध्ययन फलदायी हुनेछ ।  
-

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...