Skip to main content

अपाङ्ग विद्यार्थीको शिक्षाका लागि रु. ३३ लाखको अक्षयकोष स्थापना


सन्तोष गौतम, म्याग्दी २०७० कात्तिक १० । म्याग्दी जिल्लाका अपाङ्गता भएका बालबालीकाको शिक्षाका लागि ३३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । रोजगारीको सिलसिलामा हङकङमा पुगेका म्याग्देलीहरुले जिल्लाका तिन विद्यालयमा सञ्चालीत स्रोत कक्षाका लागि नगद संकलन गरि अक्षयकोषको स्थापना गरेका हुन् ।
सिङ्गाको धौलागिरि माविमा सञ्चालित बहिरा, पुलाचौरको बालजागृती प्राबिमा रहेको बौद्धीक अपाङ्गता र पिप्ले मौवाफाँटको ज्ञानोदय माविद्धारा सञ्चालीत दृष्टिबीहिन स्रोत कक्षा सञ्चालनका लागि ११÷११ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष दल शेरपुञ्जाले जानकारी दिए।
अध्यक्ष शेरपुञ्जाका अनुसार अपाङ्गता स्रोत कक्षाका विद्यार्थीको भरणपोषण र शिक्षकको तलव व्यवस्थाका लागि ब्याजबाट खर्च गर्ने गरि सम्बन्धित विद्यालयका प्रअ, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी र मोना म्याग्दीका अध्यक्षको नाममा अक्षयकोष स्थापना गरिएको छ ।
फरक क्षमत्ताका कारण विद्यालय जानबाट बञ्चित भएका बालबालीकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि सञ्चालन भएका स्रोतकक्षाहरु दिगो स्रोतको अभावमा संकटमा परेको अवस्थामा प्रवासीले गरेको सहयोगले स्रोत कक्षा सञ्चालनमा राहत मिलेको जिल्ला शिक्षा कार्यालयकी लेखाजोखा संयोजक कल्पना खड्काले बताईन ।
खडकाका अनुसार बहीरा स्रोत कक्षामा १५, दृष्टिविहीन स्रोत कक्षामा ९ र बौद्धीक अपाङ्ग स्रोत कक्षामा २० जना फरक क्षमत्ता भएका बालबालीकाले शिक्षा लिइरहेका छन् । म्याग्दी प्रवास नेपाली संघ (मोना) हङकङले गत भदौ २ गते हङकङमा म्याग्दीको मौलीक पञ्चेबाजा, यानीमाया, थालीनाच लगायत गित र नृत्य प्रस्तुत गरेर सहयोग संकलन गरेको थियो ।
कार्यक्रममा ४३ लाख ५५ हजार ३८१ रुपैया संकलन भएकोमा १० लाख ५५ हजार ३८१ रुपैया खर्च भई बचत भएको ३३ लाख रुपैया अपाङ्गता स्रोत कक्षा सञ्चालन गरेका तीन विद्यालयलाई समान रुपमा अक्षकोष स्थापना गरि उपलब्ध गराइएको संस्थाका कोषाध्यक्ष कर्ण पुनले बताए ।
source:ebaglung.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...