Skip to main content

अपाङ्ग विद्यार्थीको शिक्षाका लागि रु. ३३ लाखको अक्षयकोष स्थापना


सन्तोष गौतम, म्याग्दी २०७० कात्तिक १० । म्याग्दी जिल्लाका अपाङ्गता भएका बालबालीकाको शिक्षाका लागि ३३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । रोजगारीको सिलसिलामा हङकङमा पुगेका म्याग्देलीहरुले जिल्लाका तिन विद्यालयमा सञ्चालीत स्रोत कक्षाका लागि नगद संकलन गरि अक्षयकोषको स्थापना गरेका हुन् ।
सिङ्गाको धौलागिरि माविमा सञ्चालित बहिरा, पुलाचौरको बालजागृती प्राबिमा रहेको बौद्धीक अपाङ्गता र पिप्ले मौवाफाँटको ज्ञानोदय माविद्धारा सञ्चालीत दृष्टिबीहिन स्रोत कक्षा सञ्चालनका लागि ११÷११ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष दल शेरपुञ्जाले जानकारी दिए।
अध्यक्ष शेरपुञ्जाका अनुसार अपाङ्गता स्रोत कक्षाका विद्यार्थीको भरणपोषण र शिक्षकको तलव व्यवस्थाका लागि ब्याजबाट खर्च गर्ने गरि सम्बन्धित विद्यालयका प्रअ, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी र मोना म्याग्दीका अध्यक्षको नाममा अक्षयकोष स्थापना गरिएको छ ।
फरक क्षमत्ताका कारण विद्यालय जानबाट बञ्चित भएका बालबालीकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि सञ्चालन भएका स्रोतकक्षाहरु दिगो स्रोतको अभावमा संकटमा परेको अवस्थामा प्रवासीले गरेको सहयोगले स्रोत कक्षा सञ्चालनमा राहत मिलेको जिल्ला शिक्षा कार्यालयकी लेखाजोखा संयोजक कल्पना खड्काले बताईन ।
खडकाका अनुसार बहीरा स्रोत कक्षामा १५, दृष्टिविहीन स्रोत कक्षामा ९ र बौद्धीक अपाङ्ग स्रोत कक्षामा २० जना फरक क्षमत्ता भएका बालबालीकाले शिक्षा लिइरहेका छन् । म्याग्दी प्रवास नेपाली संघ (मोना) हङकङले गत भदौ २ गते हङकङमा म्याग्दीको मौलीक पञ्चेबाजा, यानीमाया, थालीनाच लगायत गित र नृत्य प्रस्तुत गरेर सहयोग संकलन गरेको थियो ।
कार्यक्रममा ४३ लाख ५५ हजार ३८१ रुपैया संकलन भएकोमा १० लाख ५५ हजार ३८१ रुपैया खर्च भई बचत भएको ३३ लाख रुपैया अपाङ्गता स्रोत कक्षा सञ्चालन गरेका तीन विद्यालयलाई समान रुपमा अक्षकोष स्थापना गरि उपलब्ध गराइएको संस्थाका कोषाध्यक्ष कर्ण पुनले बताए ।
source:ebaglung.com

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव